काठमाडाैं- स्थानी बजारमा सुनचाँदीकाे भाउमा उतारचढाव आएकाे छ ।आज सुनकाे मूल्य प्रतिताेला पाँच हजार १०० रुपैँयाले घटेकाे छ भने चाँँदीकाे मूल्य प्रतिताेला ९० रुपैँयाले घटेकाे छ । ।
आज सुन प्रतिताेला दुई लाख ८६ हजार सात सय रुपैयाँमा काराेबार भइरहेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । हिजाे सुन प्रतिताेला दुई लाख ९१ हजार आठ सय रुपैयाँमा काराेबार भएकाे थियाे ।
महासंघका अनुसार मंगलबार प्रतिताेला तीन लाख एक हजार ९ सय रुपैयाँ ,साेमबार २ लाख ९९ हजार ९ सय रुपैयाँ र आइतबार सुन प्रतिताेला ३ लाख ८ सय रुपैयाँमा किनबेच भएकाे थियाे ।
यस्तै,बिहिबार चाँदीकाे मूल्य पनि घटेर प्रतिताेला ४ हजार ६ सय ५० रुपैयाँ कायम भएकाे महासंघले जनाएकाे छ । बुधबार चाँदीकाे मूल्य पनि घटेर प्रतिताेला ४ हजार ७ सय ४० रुपैयाँ,मंगलबार प्रतिताेला ४ हजार ९ सय २५ रुपैयाँ र साेमबार चाँदी प्रतिताेला १० रुपैयाँले बढेर ४ हजार ९ सय पाँच रुपैयाँ कायम भएकाे थियाे ।