काठमाडाैं- स्थानी बजारमा सुनचाँदीकाे भाउ घटेकाे छ । आज सुन प्रतिताेला दुई लाख ९१ हजार आठ सय रुपैयाँमा काराेबार भइरहेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।
महासंघका अनुसार हिजाे प्रतिताेला तीन लाख एक हजार ९ सय रुपैयाँमा निर्धारण भएकाे थियाे । सुनकाे मूल्य साेमबार २ लाख ९९ हजार ९ सय रुपैयाँ निर्धारण भएकाे थियाे । आईतबार सुन प्रतिताेला ३ लाख ८ सय रुपैयाँमा किनबेच भएकाे थियाे ।
यस्तै,बुधबार चाँदीकाे मूल्य पनि घटेर प्रतिताेला ४ हजार ७ सय ४० रुपैयाँ कायम भएकाे छ । हिजाे चाँदीकाे मूल्य प्रतिताेला ४ हजार ९ सय २५ रुपैयाँ कायम भएकाे थियाे । साेमबार चाँदी प्रतिताेला १० रुपैयाँले बढेर ४ हजार ९ सय पाँच रुपैयाँ कायम भएकाे थियाे ।