काठमाडाैं- स्थानी बजारमा सुनचाँदीकाे भाउ बढेकाे छ । आज सुन प्रतिताेला दुई हजार र चाँदी २० रुपैयाँले बढेकाे हाे ।
आज सुन प्रतिताेला तीन लाख एक हजार ९ सय रुपैयाँमा काराेबार भइरहेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।
महासंघका अनुसार हिजाे प्रतिताेलासुनकाे मूल्य २ लाख ९९ हजार ९ सय रुपैयाँ निर्धारण भएकाे थियाे । आईतबार सुन प्रतिताेला ३ लाख ८ सय रुपैयाँमा किनबेच भएकाे थियाे ।
यस्तै, चाँदीकाे मूल्य पनि बढेर प्रतिताेला ४ हजार ९ सय २५ रुपैयाँ कायम भएकाे छ ।हिजाे चाँदी प्रतिताेला १० रुपैयाँले बढेर ४ हजार ९ सय पाँच रुपैयाँ कायम भएकाे थियाे ।