काठमाडाैं- स्थानी बजारमा सुनकाे घटेकाे छ । आज सुन प्रतिताेला ९ सय रुपैयाँले घटेकाे हाे ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन प्रतिताेला २ लाख ९९ हजार ९ सय रुपैयाँ निर्धारण भएकाे छ । आईतबार सुन प्रतिताेला ३ लाख ८ सय रुपैयाँमा किनबेच भएकाे थियाे ।
त्यस्तै, चाँदीकाे मूल्य भने बढेकाे छ । चाँदी प्रतिताेला १० रुपैयाँले बढेर ४ हजार ९ सय पाँच रुपैयाँ कायम भएकाे छ । हिजाे चाँदी प्रतिताेला ४ हजार आठ सय ९५ रुपैयाँ किनबेच भएकाे थियाे ।