काठमाडौं- स्थानीय बजारमा आज सुनचाँदीको मूल्य सामान्य वृद्धि भएको छ । सुन तोलामा ४०० रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार साेमतबार प्रतितोला तीन लाख १० हजार ९०० रुपैयाँमा खरिद-बिक्री भएको छापावाला सुनको मूल्य आजका लागि भने तीन लाख १० हजार ९०० रुपैयाँ निर्धारण भएको छ ।
यस्तै, चाँदीको मोल तोलामा ५० रुपैयाँले बढेको छ । साेमबार प्रतितोला पाँच हजार ३५५ रुपैयाँमा खरिद बिक्री भएको चाँदी आजका लागि भने पाँच हजार ४०५ रुपैयाँमा तय भएको छ ।