काठमाडौं- स्थानीय बजारमा आज सुनचाँदीकाे मूल्य घटेकाे छ। सुनको मूल्य प्रतितोलामा पाँच हजार रुपैयाँले र चाँदीको मूल्य तोलामा २१५ रुपैयाँले घटेको हाे ।
सुनचाँदी व्यवसायी महासंघका अनुसार आज प्रतिताेला सुन दुई लाख ८५ हजार रुपैयाँमा कारोबार भइरहेकाे छ । बुधबार सुनकाे मूल्य प्रतितोला दुई लाख ९० हजार ५०० रुपैयाँमा कारोबार भएकाे थियाे । आज दश ग्राम सुनकाे मूल्य दुई लाख ४९हजार ३४० रुपैयाँमा तय भएको छ ।
चाँदीको मूल्य पनि घटैकाे छ। आज चाँदी प्रतितोला चार हजार ८६५ रुपैयाँमा कारोबार भइरहेकाे महासंघले जनाएकाे छ । बुधबार प्रतितोला पाँच हजार ८० रुपैयाँमा काराेबार भएकाे थियाे। आज दश ग्राम चाँदीको मूल्य चार हजार १७० रुपैयाँ ५० पैसा निर्धारण भएको छ ।