Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #राजु योञ्जन तामाङ
  • #शिक्षा
  • #वैदेशिक राेजगार
  • #ट्रक_यातायात
  • #टेलिकमको ‘अफर’
  • #सतिशकुमार_सिंह
  • #नारायणगढ–मुग्लिन सडक
  • #भोजपुर
  • #मिस्टर_नेपाल
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • सपनामा धेरै आँखाहरु थपिरहेका छन् -श्रृष्ठि
सपनामा धेरै आँखाहरु थपिरहेका छन् -श्रृष्ठि
admin123
admin123 सोमबार, चैत १२, २०७४
download (20)
Hardik health
१६ बर्षको उमेरमा मैले आँखाको ज्योती गुमाएँ । मलाई लाग्छ यदि मलाई दृष्टी बिहिननैं हुन लेखिएको थियो भने एकदमै सहि समयमा म दृष्टिबिहिन भएँ । यो जीवनको बिकास हुने समय हो, अगाडी कसरी बढ्ने भन्ने समय हो । त्यो समयमा मलाई दृष्टि बिहिनताले ठूलो चुनौती दियो र चुनौति सँंगसँगै जिन्दगीलाई छिटै बुझाईदियो । म मा परिपक्कता पनि ल्याईदियो । मेरो आँखामा अलिकति एलर्जी थियो । जुन एलर्जीले आँखा पोल्ने, चिलाउन, आँसु आउने हुन्थ्यो त्यो सामान्य समस्या थियो । त्यहि क्रममा अस्पताल जाँदा डाक्टरले यस्तो औषधी दिनु भएछ जुन औषधी लामो समय सम्म मेरो आँखामा पर्नहुँदैन थियो । त्यहि औषधी अत्याधिक प्रयोग भयो । त्यही औषधीको कारण र डाक्टरको लापारबाहीको कारणले मेरो आँखामा जलबिन्दु भयो र त्यही जलबिन्दुको कारणले मैले २ बर्ष भित्र पुरै आँखा नदेख्ने भएँ । मलाई धेरैले क्षतिपुर्तीको लागि तिमीले मुद्धा हाल्नु पर्छ भन्ने सुझाव दिएका थिए । मिडियाको प्रेसर पनि थियो मलाई चिकित्सकको नाम किन भन्दैनो भनेर । मैले धेरै कारणले त्यो भन्न चाहेन म किन त्यता तिर गईन भने भर्खरै नदेख्दा खेरी त्यता तिर दौडनु भन्दा पनि आँखा उपचार हुन्छ कि भन्नेमा हामी केन्द्रीत थियाँै । मैले सधै देख्दिन भन्ने कुरा सोचेकको पनि थिइन । मलाई यो ज्वरो आएको जस्तै हो । पछि निको भैहाल्छ जस्तो लागेको थियो । तर मैले बिस्तारै बुझ्दै गए अब मैले सधैको लागि आँखा देख्दिन । तर मलाई चिकित्सक बिरुद्ध किन जान मन लागेन भने उहाँले मलाई नियत बस जानीजानी यसको आँखा बिगारी दिन्छु भनेर गर्नुभएको थिएन, लापरवाही भने पक्कै थियो । मैले क्षतीपुर्ती लिएको भए त्यो मुद्धा त्यति खेरै सकिन्थ्यो होला तर नलिँदा वहाँ जस्ता चिकित्सकहरुका लागि एउटा सन्देश भयो मेरो घटना । म आक्रोशमा आएर बिरोधमा जानु भन्दा आफ्नो जीवनलाई अगाडी कसरी बनाउने भन्ने तर्फ लागें । दुई किसिमले आगो लाग्छ जीवनमा भन्ने मेरो मान्यता छ । एउटा समाजबाट लाग्छ र अर्को आफ्नो मनबाट लाग्छ । जब मेरो जीवनमा यो घटना घटेको थियो ।समाजबाट यति धेरै आगो सल्किन थालेको थियो । अब के गर्छ यसले भनेर मेरो प्रत्येक कुरामा प्रश्न चिन्ह खडा गर्थे समाजका सदस्यहरु । अर्काे तर्फ त्यो बेला परिवारको चिन्ता दखेर म झन दुःखित थिएँ । मलाई मम्मिको आँशुले शक्ति दिएको हो । प्रत्येक पल घरको चिन्ता, मम्मिको आँशु, समाजको प्रश्न यहि घेराबाट म अघि बढिरहेको थिएँ । समाजका सदस्यहरुले गर्ने तपसिलका कुरा भन्दा कसरीे मेरो जिन्दगीलाई अगाडी बढाउने भन्नेमा म लागें । हिँजोको मेरो खुसी, हिजोको मेरो हाँसो उस्तै थियो । नराम्रो कुरा गर्दा दुःख लाग्थ्यो, राम्रो कुरा गर्दा खुसी लाग्थ्यो । म उस्तै थिए मेरो लागि । तर यो समाजले मलाई फरक दखिरहेको थियो । मैले जति सक्दो आफ्नो तर्फबाट मेहनत गरेर आफ्नो र आफनो वरपरको बातावरणमा मैले आफुलाई प्रमाणित गरेर देखाउनुु पर्छ भनेर लागें । मेरो आँखा गुमेको कारण जसरी मेरो मम्मि रातदिन रोईराख्नुभएको थियो । ठिक त्यसको बिपरित एक दिन मम्मि खुसी भएर हाँस्न सक्ने बनाउँछु भनेर म लागें । जीवनका धेरै आरोह, अवरोह पार गर्ने क्रममा मैले प्रत्येक पाईला पछि अर्को पाईला अगाढि बढाउन रोकिन । मलाई कहिले दुःख लाग्थ्यो तैै पनि पाईला बढाएँ, कहिल्यै हिम्मत बढ्थ्यो त्यति खेर झन छिटो पाईला बढाएँ, कहिले खुट्टा तानिन्थ्यो त्यति खेर पनि पाईला बढाएँ । अहिले फर्केर हेर्दा खुसि लाग्छ, मैले एक दिन पनि रोएर अब केही गर्न सक्दिन भनेर ढोका थुनेर दिन फालिन । सायद त्यति प्रत्येक दिनको कदम कदमले बिस्तारै अगाडी बढाएको हो । भर्खरै एसएलसी सकिएको थियो । कलेजले भर्ना नलिने भन्ने सुनेको थिएँ । कसरी पढ्ने आफुलाई पनि थाहा छैन, देखेको छैन दृष्टीबिहिनहरुले कसरी पढछन् भनेर । अहिले धेरै उपकरणहरु छन् त्यति खेर त मलाई केही थाहा थिएन । जुन रेगुलर कलेज जाने र पोषाख लगाएर कपाल छोडेर जाने मेरो पनि रहर थियो । भर्नाका लागि कलेज जाने बित्तिकै म संग गएका साथीहरुको ५० प्रतिशत छुट र मलाई चाही तिम्रो लागि यो कलेज हैन तिमी त फरक कलेजमा जाउनु पर्छ । यो किसिमको ब्यवहारले म मा जिज्ञाशा उव्जिरहेको थियो । होईन यो के भईरहेको छ । एक्कासी हिँजो को म र आजको म मा के फरक भईरहेको छ । यति ठुलो परिवर्तन जाबो आँखा नदेख्दामा भन्ने जस्तो भयो । अब केही गर्नु पर्छ भन्ने बिचार आयो । पढाईको लागि पनि कलेजमा नाम लेखाएँ । त्यति बेला न ब्रेल लिपीबाट पढन आउँथ्यो न अन्य माध्यमबाट । मेहेनत गरे पढें, बिस्तारै सफलता पाउँदै गए पछि टियु टपें, राष्ट्रपतीबाट  पुरस्कृत भएँ । नेपालको परिपे्रक्षमा अपाँगतामैत्री शैक्षिक सामाग्रीहरुको आभव छ । म यसरी ब्यस्त भएँ मलाई बिश्वास नगर्ने समाजमा गुनासो गर्ने फुर्सद भएन । मैले पढ्दा क्यासेटहरुमा रेकर्ड गरेर पढँेको थिएँ । मैले डिग्री युरोपमा गएर गरेको हुँ । जीवनमा सफलता पाउनको लागि त संघर्षरुपि छालहरु झेल्दै अगाढि बढ्नु पर्छ । यो क्रममा मेरो परिवार, परिवारमा पनि अझै मेरो मम्मिको सहयोगले मलाई अघि बढ्न उर्जा मिल्यो त्यसले नैं मलाई अगाडी बढायो । सिद्धार्थ बिद्या पिठ जहाँ मैले आँखाको ज्योति बिस्तारै गुमाउँदै गईरहेको थिएँ त्यहाँ कहिले पनि मलाई भेदभाव भएन, मैले गर्न खोजेको कुराहरुमा बाधा आएन, पछि कन्या क्याम्पसमा पनि मलाई सरहरुले हौसला दिनुभयो । मलाई जनसले माया गर्नु हुन्थ्यो त्यो माया गर्ने मान्छेहरुको मायालाई सकारात्मक रुपमा लिएँ र जसले मलाई बिश्वास गर्नु भएन वहाँहरुलाई देखाएँ । मैले कसैसित झगडा गरिन । किन भने झगडा गर्नु त बुद्धिमानी होईन भन्ने कुरा मैले सानै देखि बुझेकि थिएँ । आमा बुवालाई आफ्नो छोरा छोरीले राम्रो गरिदियोस् भन्ने हुन्छ । छोरा छोरीलाई पनि आमा बुवालाई सधै खुसी राख्न पाउँ भन्ने हुन्छ । यो किसिमको परिपाटीमा भएको मेरो सामान्य समस्याले उहाँहरुको मनमा चिन्ता थियो जुन चिन्तालाई मैले दुर गराएँ । जब म दृष्टिबिहिन भएको थिएँ । मान्छेहरु म सँग फरक ब्यवहार गर्थे । म पनि केही समय बिक्षिप्त बनें । बिस्तारै यो सकिँग लाइफलाई रकिँंग बनाउनु पर्छ भन्ने मलाई लाग्यो र बलाइन्ड रक्स नामक संस्था स्थापना गरें । यस संस्थाबाट दृष्टि बिहिन र अपांगता भएका ब्यक्तिहरुलाई शिक्षा, स्वास्थ्य र रोजगारमा सहयोग पुर्याउने काम भईरहेकोछ । म सानै देखि नृत्यको पारखि थिएँ । दृष्टिबिहिन ब्यक्ति नृत्य गर्न सक्दैनन् भन्ने कुरालाई हामीले गलत सावित गरिदियौँ । म शुरुमा नृत्य गर्न जाँदा कसैले पनि सिकाउन नमानेको अवस्था थियो । मैले जवरजस्ति नृत्य सिकेपछि म जस्तै अरु दृष्टि बिहीनहरुलाई अहिले सिकाईरहेकिछुु । यस संस्थाबाट मोबिलिटि, नृत्यसका अलावा बिभिन्न खाले कामहरु गर्दछौ । त्यति मात्र नभएर हामीले आवश्यक परेका शैक्षिक सामाग्री, सहायक सामाग्रीहरु पनि बितरण गर्दै आएकाछौं । संस्था सुरु गर्दा खेरि आँखा नदेख्नेलाई आँखा झिम्काउन सिकाएर, नाच्न सिकाएर के गरेको होला भन्ने जस्ता कुराहरु आउँथे तर अहिले समाजले यो कुरा आवश्यक रहेछ भन्ने कुरा बुझेकोछ । यो कामका लागि सबै तिरबाट सहयोग भईरहेकोछ । मलाई धेरै ठाउँमा उत्प्रेरणा प्रदान गर्न बोलाईन्छ तर म बोलाएका ठाउँबाट उत्प्रेरणा लिईरहेको हुन्छु । यस्ता कार्यक्रमहरुमा जाँदा आज भोली मलाई फेरी दृष्टि पाएको महसुस हुन्छ । म देख्छु मेरो सपनामा कति धेरै आँखाहरु थपिरहेका हुन्छन् । म सानैंदेखिनैं बक्तिृत्वकला, बादबिबाद प्रतियोगितामा भाग लिन्थेँ, न्यायका लागि आफ्नो कुराहरु सानै देखि राख्थें त्यहि भएर सानै देखि सबैले यो त वकिल बन्छे भन्थे त्यहि हिसाबले बोल्ने बानी हँदै हुँदै गयो । ३ बर्षको उमेर देखि स्टेज कार्यक्रममा भाग लिन थालेंको थिएँ । त्यहि अभ्यासले अहिले काम गरिरहेको छ त्यसका साथै बिभिन्न सामाजिक सञ्जालहरुबाट पनि बोल्ने कला सिकें र अहिले बिभिन्न देश, बिदेशमा गएर बोल्ने गर्छुँ । बलाईन्ड रक्स मेरो सपना हो यसलाई धेरै ठाउँमा मैले बिस्तार गर्नुपर्ने छ । गाउँको कुना काप्चामा पुगेर त्यहाँका अपांगता, दृष्टिबिहीन भएका ब्यक्तिहरुको लागि केही गर्नुछ मेरो बाँकी जिन्दगी यसैको लागि बित्ने छ, यसैमा लगाउने छु । (कुराकानीमा आधारित) -  नमस्कार शाह  
प्रकाशित मिति: सोमबार, चैत १२, २०७४  १०:५६
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
‘युएईले भिसा बन्द गरेको अस्थायी हो, आत्तिनु पर्दैन’
‘युएईले भिसा बन्द गरेको अस्थायी हो, आत्तिनु पर्दैन’ सोमबार, असोज ६, २०८२
कोरियामा पाँच वर्षयता बढ्यो कार्यस्थल दुर्घटनामा पर्ने कामदारको संख्या
कोरियामा पाँच वर्षयता बढ्यो कार्यस्थल दुर्घटनामा पर्ने कामदारको संख्या सोमबार, असोज ६, २०८२
साउन-भदौमा रोजगारीका लागि विदेसिए झण्डै डेढ लाख युवा
साउन-भदौमा रोजगारीका लागि विदेसिए झण्डै डेढ लाख युवा आइतबार, असोज ५, २०८२
साउनमा भित्रियो पौने दुई खर्ब रेमिट्यान्स 
साउनमा भित्रियो पौने दुई खर्ब रेमिट्यान्स  शुक्रबार, असोज ३, २०८२
जेन-जी आन्दोलनपछि युएईले रोक्यो नेपाली नागरिकलाई भिसा
जेन-जी आन्दोलनपछि युएईले रोक्यो नेपाली नागरिकलाई भिसा बिहीबार, असोज २, २०८२
नेपाली नागरिकका लागि वर्किङ भिसासँगै भिजिट भिसा पनि बन्द,कुन कुन देशमा?
नेपाली नागरिकका लागि वर्किङ भिसासँगै भिजिट भिसा पनि बन्द,कुन कुन देशमा? बुधबार, असोज १, २०८२
एकता समितिको अगुवाइमा सुकेधारा प्रहरी चौकीको पुनर्निर्माण
एकता समितिको अगुवाइमा सुकेधारा प्रहरी चौकीको पुनर्निर्माण बुधबार, असोज १, २०८२
लोकप्रिय
  • Week
  • Month
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
रौतहटको सीमावर्ती क्षेत्रबाट साढे तीन क्विन्टल गाँजासहित गाडी नियन्त्रणमा
रौतहटको सीमावर्ती क्षेत्रबाट साढे तीन क्विन्टल गाँजासहित गाडी नियन्त्रणमा
नेपाली नागरिकका लागि वर्किङ भिसासँगै भिजिट भिसा पनि बन्द,कुन कुन देशमा?
नेपाली नागरिकका लागि वर्किङ भिसासँगै भिजिट भिसा पनि बन्द,कुन कुन देशमा?
आगोबाट जोगिएका फाइल उठाएर सेवा दिँदै विभाग
आगोबाट जोगिएका फाइल उठाएर सेवा दिँदै विभाग
राप्रपाले प्राइमरी इलेक्सनबाट उम्मेदवार छनौट गर्दै , छ जनाकाे नाम सिफारिस
राप्रपाले प्राइमरी इलेक्सनबाट उम्मेदवार छनौट गर्दै , छ जनाकाे नाम सिफारिस
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
पाँच हजारभन्दा बढी गीत गाएर अस्ताइन् गायिका गोले, अन्तिम संस्कारमा राज्यको बेवास्ता
पाँच हजारभन्दा बढी गीत गाएर अस्ताइन् गायिका गोले, अन्तिम संस्कारमा राज्यको बेवास्ता
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP