काठमाडौं- स्थानीय बजारमा आज सुनचाँदीकाे मूल्यमा सामन्यले थपघट भएकाे छ। सुनको मूल्य तोलामा एक हजार रुपैयाँले र चाँदीको मूल्य तोलामा २० रुपैयाँले बढेको हाे ।
बुधबार सुनकाे मूल्य प्रतितोला दुई लाख ९० हजार ५०० रुपैयाँमा कारोबार भइरहेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । आज दश ग्राम सुनकाे मूल्य दुई लाख ४९हजार ५५ रुपैयाँमा तय भएको छ ।
साेमबार प्रतितोला दुई लाख ९२ हजार ८०० रुपैयाँ,मंगलबार भने प्रतितोला दुई लाख ९१ हजार ५०० रुपैयाँमा काराेबार भएको थियाे ।
चाँदीको मूल्य भने बढेकाे छ । आज चाँदी प्रतितोला पाँच हजार ८० रुपैयाँमा कारोबार भइरहेकाे महासंघले जनाएकाे छ ।साेमबार चाँदीको मूल्य प्रतितोला पाँच हजार १५० रुपैयाँ , मंगलबार प्रतितोला पाँच हजार ६० रुपैयाँमा काराेबार भएकाे थियाे। आज दश ग्राम चाँदीको मूल्य चार हजार ३३५ रुपैयाँ निर्धारण भएको छ ।