काठमाडौं- स्थानीय बजारमा आज सुनचाँदीकाे मूल्यमा सामान्य वृद्धि भएकाे छ । सुनको मूल्य तोलामा एक हजार ९०० रुपैयाँले र चाँदीको मूल्य तोलामा ४० रुपैयाँले बढेको हाे ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार प्रतितोला दुई लाख ९० हजार ९०० रुपैयाँमा कारोबार भएको छापावाला सुन आजका लागि भने दुई लाख ९२ हजार ८०० रुपैयाँमा तय भएको छ ।
यसैगरी, चाँदीको मूल्य पनि वृद्धि भएकाे छ । आइतबार प्रतितोला पाँच हजार १० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आजका लागि भने पाँच हजार १५० रुपैयाँ निर्धारण भएको छ ।