काठमाडौं - स्थानीय बजारमा सुनचाँदीकाे मूल्यमा सामन्य घटेकाे छ । आज सुनको मूल्य प्रतितोला २ हजार ८०० रुपैयाँले घटेकाे र चाँदीकाे १०५ रुपैयाँले घटेकाे हाे ।
आज सुनको मूल्य प्रतितोला २ लाख ९० हजार ९०० रुपैयाँमा कारोबार भइरहेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । शुक्रबार सुनको मूल्य प्रतितोला २ लाख ९३ हजार ७०० रुपैयाँमा कारोबार भएको थियाे ।
यस्तै,आज चाँदी प्रतितोला पाँच हजार १० रुपैयाँमा कारोबार भइरहेकाे महासंघले जनाएकाे छ । शुक्रबार चाँदीको मूल्य प्रतितोला ५ हजार ११५ रुपैयाँमा कारोबार भएको थियाे ।