काठमाडौं - स्थानीय बजारमा सुनचाँदीकाे मूल्यमा सामन्य उतारचढाव आएकाे छ । आज सुनको मूल्य प्रतितोला १०० रुपैयाँले घटेकाे र चाँदीकाे ६५ रुपैयाँले बढेकाे हाे । आज सुनको मूल्य प्रतितोला २ लाख ९३ हजार ७०० रुपैयाँमा कारोबार भइरहेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।
बिहिबार सुनको मूल्य प्रतितोला २ लाख ९३ हजार ८०० रुपैयाँमा कारोबार भएको थियाे ।बुधबार छापावाला सुनकाे मूल्य २ लाख ९२ हजार रुपैयाँमा कारोबार भएको थियाे । मंगलबार छापावाला सुनकाे मूल्य २ लाख ९५ हजार ३०० रुपैयाँमा कारोबार भएको थियाे । साेमबार सुनकाे मूल्य प्रतितोला दुई लाख ९४ हजार ८०० रुपैयाँमा कारोबार भएको थियाे ।
यस्तै,आज चाँदी प्रतितोला पाँच हजार ११५ रुपैयाँमा कारोबार भइरहेकाे महासंघले जनाएकाे छ । बिहिबार चाँदीकाे मुल्य प्रतितोला पाँच हजार ५० रुपैयाँमा कारोबार भएको थियाे । बुधबार चाँदी प्रतितोला चार हजार नाै सय ६० रुपैयाँमा कारोबार भएको थियाे । मंगलबार चाँदी प्रतितोला पाँच हजार ८५ रुपैयाँ र साेमबार चाँदी मूल्य ५ हजार ४० रुपैयाँमा कारोबार भएको थियाे ।