काठमाडौं- स्थानीय बजारमा सुनचाँदीकाे मूल्य बढेकाे छ । आज सुनको मूल्य प्रतितोला १८०० रुपैयाँले र चाँदीकाे ९० रुपैयाँले बढेकाे हाे ।
आज सुनको मूल्य प्रतितोला २ लाख ९३ हजार ८०० रुपैयाँमा कारोबार भइरहेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । बुधबार छापावाला सुनकाे मूल्य २ लाख ९२ हजार रुपैयाँमा कारोबार भएको थियाे । मंगलबार छापावाला सुनकाे मूल्य २ लाख ९५ हजार ३०० रुपैयाँमा कारोबार भएको थियाे । साेमबार सुनकाे मूल्य प्रतितोला दुई लाख ९४ हजार ८०० रुपैयाँमा कारोबार भएको थियाे ।
यस्तै,आज चाँदी प्रतितोला पाँच हजार ५० रुपैयाँमा कारोबार भइरहेकाे महासंघले जनाएकाे छ ।बुधबार चाँदी प्रतितोला चार हजार नाै सय ६० रुपैयाँमा कारोबार भएको थियाे । मंगलबार चाँदी प्रतितोला पाँच हजार ८५ रुपैयाँ र साेमबार चाँदी मूल्य ५ हजार ४० रुपैयाँमा कारोबार भएको थियाे ।
2083-02-07 (2026 May 21)
Gold
NRs. 2,93,800 per Tola
NRs. 2,51,885 per 10 grm
Silver
NRs. 5,050 per Tola
NRs. 4,330 per 10 grm
-FNGSGJA NEPAL See less