
काठमाडौं– बीमा क्षेत्रको नियामक निकाय बीमा समितिले लकडाउनका अवधिमा बन्द भएका उद्योगको बीमा शुल्कमा छुट दिन निर्देशन दिएको छ ।
समितिले सोमबार निर्जीबन बीमा कम्पनीलाई परिपत्रमार्फत निर्देशन दिएको हो ।
समितिले ‘सम्पत्ति बीमा निर्देशिका–२०७५’अनुसार बन्द अवस्थाका कलकारखानाको बीमा दरलाई छुट दिन निर्देशन दिएको समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले बताए ।
समितिले लकडाउनका कारण बन्द अवस्थाको जोखिमका लागि एक तिहाइ तथा जोखिम समूहको बीमा दर ५० प्रतिशत समानुपातिक रूपले छुट गर्ने व्यवस्था चालु आवको बजेटमा नै रहेको स्मरण गराएको छ । रासस