काठमाडौं- स्थानीय बजारमा सुनचाँदीकाे मूल्य घटेकाे छ । आज सुनको मूल्य प्रतितोला ३३०० रुपैयाँले र चाँदीकाे १२५ रुपैयाँले घटेकाे भएको हाे ।
आज सुनको मूल्य प्रतितोला २ लाख ९२ हजार रुपैयाँमा कारोबार भइरहेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । मंगलबार छापावाला सुनकाे मूल्य २ लाख ९५ हजार ३००रुपैयाँमा कारोबार भएको थियाे । साेमबार सुनकाे मूल्य प्रतितोला दुई लाख ९४ हजार ८०० रुपैयाँमा कारोबार भएको थियाे ।
यस्तै, आज चाँदी प्रतितोला चार हजार नाै सय ६० रुपैयाँमा कारोबार भइरहेकाे महासंघले जनाएकाे छ । मंगलबार चाँदी प्रतितोला प्रतितोला पाँच हजार ८५ रुपैयाँ निर्धारण भएकाे थियाे । साेमबार चाँदी मूल्य ५ हजार ४० निर्धारण गरिएको थियाे ।