काठमाडौं- स्थानीय बजारमा सुनचाँदीकाे मूल्यमा सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुनको मूल्य प्रतितोला ५०० रुपैयाँले र चाँदीकाे ४५ रुपैयाँले वृद्धि भएको हाे ।
महासङ्घका अनुसार आज छापावाला सुन मूल्य २ लाख ९५ हजार ३००रुपैयाँमा कारोबार भएको छ । हिजाे सुनकाे मूल्य प्रतितोला दुई लाख ९४ हजार ८०० रुपैयाँमा कारोबार भएको थियाे ।
यस्तै, चाँदी प्रतितोला चाँदी आजका लागि प्रतितोला पाँच हजार ८५ रुपैयाँ निर्धारण भएकाे छ । साेमबार चाँदी मूल्य ५ हजार ४० निर्धारण गरिएको थियाे ।