काठमाडौं - नेपाली बजारमा सुनचाँदीको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा सुनको मूल्य प्रतितोला ४ हजार चाँच सय रुपैयाँले घटेको हो ।
आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९४ हजार रुपैयाँ कायम गरिएको महासंघले सार्वजनिक गरेको विवरणमा उल्लेख छ । शुक्रबार सुनको मूल्य प्रतितोला २ लाख ९८ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।
सुनसँगै आज चाँदीको मूल्यमा पनि गिरावट आएको छ। महासंघका अनुसार चाँदी आज प्रतितोला ५ हजार ६० रुपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार प्रतितोला ३५५ रुपैयाँले घटेर ५ हजार ३९० रुपैयाँमा कारोबार भएकाे थियाे ।