रुपन्देही - रुपन्देही जिल्लाको बुटवल उपमहानगरपालिका–८ स्थित फाइनान्स चोकबाट जीवित कछुवा सहित एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। प्रहरीले शंका लागि एक व्यक्तिलाई रोकी चेकजाँच गरी नियन्त्रणमा लिएको हाे ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार मिति २०८३ वैशाख २८ गते साँझ करिब ६ बजे जीवित कछुवा बेच्दै हिँडिरहेको भन्ने विशेष सूचनाको आधारमा प्रहरीले शंका लागि एक व्यक्तिलाई रोकी चेकजाँच गरेको थियो।
जाँचका क्रममा रानिगञ्ज निवासी ४१ वर्षीय शंकर सुनारको साथबाट जीवित कछुवा एक थान फेला परेको प्रहरीले जनाएको छ। कछुवा र सुनारलाई नियन्त्रणमा लिएर आवश्यक प्रक्रिया पूरा गरी थप अनुसन्धान तथा कारबाहीका लागि डिभिजन वन कार्यालय भैरहवा, रुपन्देहीमा बुझाइएको प्रहरीले जानकारी दिएको छ।