काठमाडौं - नेपाली बजारमा मंगलबार ह्वात्तै बढेकाे सुनचाँदीको मूल्य आज पनि निरन्तता दिएकाे छ ।
हिजाे छापावाल सुन प्रतितोला ४४ सय रुपैयाँले बढेकाेमा आज सात सयले घटेर तीन लाख दुई हजार नाै सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । मंगलबार सुनको मूल्य प्रतितोला३ लाख ०२ हजार नाै सय रुपैयाँमा कारोबार भएको थियो ।
हिजाे चाँदीको मूल्य प्रतितोला ३५५ रुपैयाँले बढेकोमा आज निरन्तरता दिँदै १५ रुपैयाँले बढेर चाँदी प्रतितोला ५ हजार ७ सय १० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । हिजाे चाँदी प्रतितोला ५ हजार ६ सय ९५ रुपैयाँमा कारोबार भएको थियो ।