काठमाडौं - नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ४४ सय रुपैयाँले बढेर ३ लाख ०२ हजार नाै सय रुपैयाँमा कारोबार भइरहेको छ । साेमबार सुनको मूल्य प्रतितोला२ लाख ९८ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।
यता, चाँदीको मूल्य भने प्रतितोला ३५५ रुपैयाँले बढेको छ ।आज चाँदी प्रतितोला ५ हजार ६ सय ९५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । हिजाे चाँदी प्रतितोला ५ हजार ३ सय ४० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
३५९५