रुपन्देही - रुपन्देहीको सिद्धार्थ नगरपालिका–१० स्थित रोयल कालिङ्गा क्यासिनोमा जुवा खेल्दै/खेलाउँदै गरेको अवस्थामा १९ नेपाली नागरिक पक्राउ परेका छन् ।
लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङ र जिल्ला प्रहरी कार्यालय रूपन्देहीबाट खटिएको प्रहरीले उक्त क्यासिनोबाट गएराति उनीहरुलाई पक्राउ गरेको हो । प्रहरीले उनीहरूको साथबाट नगद रु ९५ हजार ५००, क्यासिनो क्वाइन ५० थान र मोबाइल १७ थानसमेत बरामद गरेको छ ।
जुवातास खेलिरहेका १० पक्राउ
पोखरा महानगरपालिका–१३ काहुँखोलाका ५१ वर्षीय चित्रबहादुर रानाभाटको इटजोन खाजा घरमा जुवातास खेलिरहेको अवस्थामा उनीसहित १० जना पक्राउ गरेका छन् ।
वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरीले उनीहरूलाई नगद रु ७७ हजार १८० र ८९९ पत्ती ताससहित पक्राउ गरेको हो ।