Nada Auto Show 2026 Nada Auto Show 2026
x
Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #८०औँ स्वतन्त्रता दिवस
  • #नाडा अटो शो
  • #नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल
  • #मिलनबाबु मल्ल
  • #३२ औं तामाङ प्रसारण दिवस
  • #शेरबहादुर देउवा
  • #ढुण्डीराज पौडेल
  • #वैदेशिक सहायता
  • #सार्वजनिक लेखा समिति
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • वैदेशिक रोजगार नीतिमा कठोर बन्दै सरकार
संघ भने कलहमा रमाउँदै वैदेशिक रोजगार नीतिमा कठोर बन्दै सरकार
ममता थापा
ममता थापा आइतबार, वैशाख २०, २०८३
  • एक दशकभन्दा बढी समयदेखि व्यवसायीको टाउको दुखाइको विषय बनेको सेवा शुल्कको विषयमा सरकार कठोर बन्ने नीति तय गर्दा संघ भने आन्तरिक द्वन्द्वमा फसेको हो
  • सरकारले व्यवसायीलाई आप्ठ्यारो पार्दै लगेको बेला समन्वय गर्ने निकाय नै कलहमा फसेको वैदेशिक रोजगार व्यवसायी सञ्जु गुरुङले बताए
  • संघको निर्वाचन नै दलीय आधारमा हुँदा संस्थाको आन्तरिक किचलो विगतदेखि नै समस्याको रुपमा रहेको व्यवसायीको गुनासो

काठमाडौं- वैदेशिक रोजगारीका विभिन्न समस्या समाधानमा जुट्नुपर्ने नेपाल वैदेशिक रोजगार संघ आन्तरिक कलहमा फसेको छ । संघको कलहले व्यवसायी के गर्ने कसो गर्ने ? भन्ने विषयमा अन्योलमा परेका छन् ।

वालेन्द्र शाह नेतृत्वको सरकारले वैदेशिक रोजगारीलाई व्यवस्थित बनाउन भन्दै विभिन्न निर्णयहरु सार्वजनिक गरिरहेको छ । सेवा शुल्कको विषय नटुंगिदा व्यवसायी रणभुल्लमा छन् । सरकार फ्रि-भिजाको नीतिलाई कार्यान्वयन गराउन जोड दिने तयारीमा देखिन्छ । 

बिहीबारमात्रै वैदेशिक रोजगार विभागले श्रमिकसँग लिएको सेवा शुल्कलाई बैंकिङ प्रणालीबाट मात्र कारोवार गर्न र त्यसको प्रमाण सुरक्षित राख्न निर्देशन दिएकोे छ । त्यसअघि यो प्रावधानलाई कडाइका साथ कार्यान्वयन गरिने सन्देश तत्कालीन श्रममन्त्री दिपककुमार साहले दिएका थिए । एक दशकभन्दा बढी समयदेखि व्यवसायीको टाउको दुखाइको विषय बनेको सेवा शुल्कको विषयमा सरकार कठोर बन्ने नीति तय गर्दा संघ भने आन्तरिक द्वन्द्वमा फसेको हो । 

सरकारले व्यवसायीलाई आप्ठ्यारो पार्दै लगेको अवस्थामा समन्वय गर्ने निकाय नै असक्षम देखिएको वैदेशिक रोजगार व्यवसायी सञ्जु गुरुङले बताए । संघको कलहले आफ्ना समस्या ओझेलमा परेको गुरुङको भनाइ छ । ‘यो समयमा सम्पूर्ण व्यवसायको मुद्दा उठाएर नयाँ जेन–जी सरकारसँग समन्वय गर्नपर्ने हो । तर अहिले सम्पूर्ण पदाधिकारी खिचातानीमा अल्झिदा जति पनि नीति नियममा सुधार गर्नपर्ने थियो, ती ओझेलमा प¥यो,’ उनले भने, ‘अब बन्ने नीति नियममा सरकार आफ्नै हिसाबले निर्णय गरेर जाने भयो । मुख्य मुद्दा पु¥याउने अध्यक्ष नै अदक्ष भएपछि हामी के भन्न सक्छौँ र ?’

Nada Auto Show 2026
Hardik health

सरकारलाई व्यवसायका धेरै विषयहरु बुझाउन आवश्यक भएपनि संघले त्यो गर्न नसकेको गुरुङको भनाइ छ । अहिले व्यवसायी खाडीको रोजगारीमा मात्र निर्भर छन् । पश्चिम एसियामा द्वन्द्व चर्किदा व्यवसायी हात बाँधेर बस्नुपर्ने अवस्था बनेको थियो । यूरोपको मागपत्र प्रमाणीकरण नहुँदा समग्र व्यवसाय एउटा क्षेत्रको रोजगारीमा केन्द्रित छ । मागपत्र खुलेदेखि व्यवसायी, श्रमिक सबैलाई राहत पुग्थ्यो भन्ने व्यवसायीको अपेक्षा छ । तर आफै कलहमा फसेको संघले यो विषयमा सरकारलाई बुझाउन प्रभावकारी कदम चल्ने कहिले हो ? टुंगो छैन ।

संघभित्रको द्वन्द्वले व्यवसायी कमजोर हुने अर्का व्यवसायी अख्तर हुसेनले बताए । यस्तो प्रवृत्तिले विगतदेखि नै स्वच्छ छवि बनाउन संघर्ष गरिरहेको वैदेशिक रोजगार क्षेत्र सम्मानित हुन नसक्ने उनको भनाइ छ ।   ‘हाम्रो संघको द्वन्द्वले हामी सारा व्यवसायी कमजोर हुन्छौँ । हाम्रा समस्याका साथै नीतिगत तथा व्यवहारिक सुधारका विषय टन्नै छन्,’ हुसेनले भने, ‘तर हामीले एक अर्कालाई हिलो छ्यापेर बसे हामी कुनै गन्तव्यमा पुग्दैनौँ । व्यक्तिगत मतभेद भए पनि मुद्दामा त मतभेद नगरौं । जाबो दुई वर्ष एउटा कार्यसमितिमा बस्न नसक्नेले कुन मुख लिएर आउँछन् भोट माग्न ?’

संघको निर्वाचन नै दलीय आधारमा हुँदा संस्थाको आन्तरिक किचलो विगतदेखि नै समस्याको रुपमा रहेको हुसेनको भनाइ छ । ‘संघको चुनाव हुँदा जहिले पनि कांग्रेस र एमालेको दलीय आधारमा हुन्छ । अनि एक अर्काको खुट्टा तानेर असफल बनाउन खोजिरन्छन् । यो विगतदेखिकै समस्या हो,’ हुसेनले भने ।

संघलाई सहयोग गरेर, लेबी तिरेर, भोट हालेर दुई वर्षको लागि कार्यसमिति चुनेर पठाएपनि संघले म्यान्डेटअनुसार व्यवसायीको हितमा काम गर्न नसकेको उनले बताए । संघको विधानमा अध्यक्षात्मक प्रणालीको व्यवस्था भएकाले असन्तुष्ट पक्षले विधान मिचेर मिडियाबाजी गरेको समेत उनको आरोप छ । 

विवादका कारण संयुक्त अरब इमिरेट्स जानेहरुको प्रहरी रिपोर्ट प्रमाणीकरणमा लाग्ने अतिरिक्त शुल्क, श्रमिकको हक अधिकार लगायतका विषयमा भने संघ नेतृत्वको ध्यान जान सकेको छैन । विगत एक सातादेखि सतहमा आएको संघको विवाद अध्यक्ष भुवनसिंह गुरुङ र महासचिव महेशकुमार बस्नेत पक्षको आ–आफ्नै अडानका कारण मेलमिलापतर्फ उन्मुख देखिँदैन । 

बुधवार पूर्वअध्यक्षहरुसँगको छलफलमा अध्यक्ष गुरुङ आफ्ना कमीकमजोरी स्वीकारी अघि बढ्न सहमत भएका थिए । तर अध्यक्ष गुरुङले बिहीबार राजिनामा अस्विकृत गर्दै जिम्मेवारीमा फर्कन अनुरोध गरेको पत्रमा आफूमाथि अनावश्यक आरोप लगाएकाले गम्भीर ध्यानाकर्षण भएको पनि उल्लेख गरेका छन् । अघिल्लो बैठकमा आफ्ना कमजोरी स्वीकारे पनि पत्राचार गर्दा प्रयोग गरेको भाषाले राजिनामा दिएका पदाधिकारी बिच्किएको नेपाल वैदेशिक रोजगार व्यवसायी गणतान्त्रिक मञ्चका अध्यक्ष धनलाल जैसीले बताए ।

अध्यक्ष गुरुङको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै प्रथम उपाध्यक्ष, महासचिवसहित कार्यसमितिका ११ जनाले वैशाख १४ गते सामूहिक राजीनामा दिएका थिए । बहुमत पदाधिकारीसहित ११ जनाको राजीनामासँगै अध्यक्ष गुरुङ अल्पमतमा परेपछि संघमा कलहमा फसेको हो । 
 


प्रकाशित मिति: आइतबार, वैशाख २०, २०८३  ११:२६
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
आन्दोलन स्थगनपछि संघमाथि उठ्यो प्रश्न, घटक संस्थाहरुले मागे जवाफ
आन्दोलन स्थगनपछि संघमाथि उठ्यो प्रश्न, घटक संस्थाहरुले मागे जवाफ बिहीबार, भदौ ४, २०८३
चालु आवको पहिलो महिनामै विदेसिए ७० हजारभन्दा बढी युवा
चालु आवको पहिलो महिनामै विदेसिए ७० हजारभन्दा बढी युवा बुधबार, भदौ ३, २०८३
सरकारको प्रतिबद्धतापछि काममा फर्किए व्यवसायी
सरकारको प्रतिबद्धतापछि काममा फर्किए व्यवसायी मंगलबार, भदौ २, २०८३
मन्त्रालय र वैदेशिक रोजगार व्यवसायीबीच सहमति आन्दोलनका कार्यक्रम फिर्ता
मन्त्रालय र वैदेशिक रोजगार व्यवसायीबीच सहमति आन्दोलनका कार्यक्रम फिर्ता सोमबार, भदौ १, २०८३
आजदेखि देशभरका म्यानपावर बन्द
आजदेखि देशभरका म्यानपावर बन्द सोमबार, भदौ १, २०८३
दक्षिण कोरियामा उच्च तापक्रमले बढ्यो श्रमिकको सुरक्षा चिन्ता 
दक्षिण कोरियामा उच्च तापक्रमले बढ्यो श्रमिकको सुरक्षा चिन्ता  आइतबार, साउन ३१, २०८३
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव 
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव  शुक्रबार, साउन २९, २०८३
लोकप्रिय
  • Week
  • Month
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव 
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव 
वीरगञ्जमा भारतको ८०औँ स्वतन्त्रता दिवस उत्साहपूर्वक मनाइयो
वीरगञ्जमा भारतको ८०औँ स्वतन्त्रता दिवस उत्साहपूर्वक मनाइयो
ई-७ भिसाको मागपत्र प्रमाणीकरण सुरू
ई-७ भिसाको मागपत्र प्रमाणीकरण सुरू
५० वर्षको नाडा: अटो शोमार्फत उद्योग, प्रविधि र स्वदेशी उत्पादनको नयाँ सन्देश
५० वर्षको नाडा: अटो शोमार्फत उद्योग, प्रविधि र स्वदेशी उत्पादनको नयाँ सन्देश
एकै दिन दुई वडा कार्यालय भवन उद्घाटन
एकै दिन दुई वडा कार्यालय भवन उद्घाटन
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक / सम्पादक कृष्ण कार्की
मल्टिमिडिया मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP