

दोलखा–दोलखाको ९वटा स्थानीय तहहरूले करिब ६० प्रतिसतभन्दा बढी खर्छ गरेका छन् । चैत्र देखि असारसम्म कोरोना भाइरसको कारण नेपालमा पनि लकडाउन भयो र स्थानीय ब्यक्तिहरूको पहलमा जनशक्तिको सहजनै आपूर्ति भएको हुँदा कामले गति लिएको र आर्थिक वर्ष ०७६÷७७ को पुँजीगत खर्च गर्न सफल भएको भएको छ ।
दोलखाको ९ वटा स्थानीय तहमध्ये वैतेश्वर गाउँपालिकाले सबैभन्दा बढी पुँजीगत खर्च गर्न सफल भएको छ । वैतेश्वर गाउँपालिकाले झण्डै ९० प्रतिशत पुँजीगत खर्च गरेको छ । मेलुङ र कालिञ्चोक गाउँपालिकाले भने पुँजीगत खर्च ५० प्रतिशत पनि कटाउन सकेनन् ।
पुँजीगत खर्चमा गौरीशंकर गाउँपालिका र विगू गाउँपालिकाले वैतेश्वरसँगै प्रतिस्पर्धी बनेका छन् । वैतेश्वर गाउँपालिकाको विनियोजित बजेट ५१ करोड ८४ लाखमध्ये ४५ करोड ९६ लाख खर्च गर्न सफल भएको छ । जुन कुल बजेटको ८९ प्रतिशत खर्च हो । जसमध्ये पुँजीगत बजेट २९ करोड ४१ लाखमध्ये २५ करोड ९१ लाख खर्च गरी ८८ प्रतिशत वित्तीय प्रगति हासिल गरेको छ । चालूतर्फ पनि २२ करोड ४२ लाखमध्ये ८९ प्रतिशत नै खर्च गर्न सफल भएको छ ।
वैतेश्वर गाउँपालिकाका पूर्वाधार शाखा प्रमुख इन्जिनियर युधिष्ठिर केसीले नाम्दु र मैनापोखरी खानेपानी योजना र केही सामुदायिक भवनको विवादका कारण समयमा ठेक्का लाग्न नसक्दा पुँजीगत बजेट फिर्ता गर्नु परेको बताए । गाउँपालिकाको सतप्रतिशत पुँजीगत बजेट खर्च गर्ने लक्ष्य भए तापनि स्थान विवाद हुँदा ठेक्का लाग्न ढिलाइ भएको र ठेक्का लागे तापनि निर्माण व्यवसायीले काम गर्न ढिलाइ गर्दा भुक्तानी हुन नसकेको उनले बताए ।
गौरीशंकर गाउँपालिकाले ४५ करोड ९६ लाख कुल विनियोजना बजेटमध्ये ३८ करोड १३ लाख खर्च गरी ८३ प्रतिशत खर्च गरेको छ । पुँजीगततर्फ १८ करोड ४४ लाखमध्ये १४ करोड १३ लाख खर्च गरी ८१ प्रतिशत भुक्तानी गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीपकुमार खड्काले जानकारी दिए । चालूतर्फ २७ करोड ५२ लाखमध्ये २३ करोड २१ लाख खर्च भएको छ । कोरोना महामारीका कारण संघीय सरकारले कम बजेट पठाउँदा केही योजना रोकिएकाले कम प्रगति भएको उनले बताए ।
भौगोलिक रूपमा गौरीशंकरभन्दा ठूलो विगू गाउँपालिकाले ४२ करोड ४२ लाख विनियोजित बजेटमध्ये ३४ करोड ६२ लाख खर्च गरेको छ जुन ८१.६२ प्रतिशत हो । संघीय सरकारबाट हस्तान्तरित योजना र गाउँपालिकाको आङ्खनै योजना उल्लेख्य रूपमा कार्यान्वयन गरेको गाउँपालिकाले प्रदेश सरकारबाट हस्तान्तरित योजनाको भने ५० प्रतिशत पनि प्रगति हासिल गर्न सकेको छैन । गाउँपालिकाको पुँजीगत खर्च ७४ प्रतिशत रहेको छ भने चालू खर्च भने ९० प्रतिशत रहेको छ ।
अघिल्लो आर्थिक वर्ष उत्कृष्ट काम गरेको भन्दै बाग्मति प्रदेशबाट कदर पत्र प्राप्त गरेको शैलुङ गाउँपालिकाले ७७ प्रतिशत प्रगति हासिल गरेको छ । ६० करोड १३ लाख विनियोजित बजेटमध्ये ४६ करोड २७ लाख खर्च गर्न सफल भएको छ ।
यसमध्ये पुँजीगततर्फ २८ करोड ५६ लाखमा २० करोड ६१ लाख अर्थात् ७२ प्रतिशत र चालूतर्फ ३१ करोड ५७ लाखमध्ये २५ करोड ६५ लाख अर्थात् ८१ प्रतिशत खर्च गर्न सफल भएको छ । शैलुङ गाउँपालिकाले आर्थिक वर्ष सकिएको भोलिपल्टै आङ्खनो आम्दानी खर्च सार्वजनिक गर्ने दोलखाको पहिलो स्थानीय तह हो ।
२ वटा नगरपालिका रहेको जिरी नगरपालिकाले सबैभन्दा बढी पुँजीगत खर्च गर्न सफल भएको छ । जिरी नगरपालिकाले विनियोजित बजेटको ७५ प्रतिशत खर्च गर्न सफल भएको छ भने पुँजीगततर्फ ७४.२२ प्रतिशत र चालूतर्फ ७६.३१ प्रतिशत खर्च गरेको छ । जिरी नगरपालिकाको कुल विनियोजित बजेट ५८ करोड ६४ लाखमध्ये ४४ करोड २२ लाख खर्च भएको छ ।
पुँजीगततर्फ २४ करोड ९६ लाखमध्ये १८ करोड ५२ लाख खर्च भएको छ भने चालूतर्फ ३३ करोड ६८ लाखमध्ये २५ करोड ७० लाख खर्च भएको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद रिजालले असार मसान्तसम्म जति काम भएको सोहीअनुसार भुक्तानी भएको बताए ।
काम नसकिएको योजनाको पछि भुक्तानी गर्ने गरी कतिपय स्थानीय तहले अर्को खातामा सार्ने गरे तापनि जिरीले त्यस्तो काम नगरेको बताए ।
खर्च भएको प्रमुख प्रशासकीय अधिकृत विकले बताए । सशर्तबाहेकको बजेट गत वर्ष खर्च हुन नसके तापनि चालू वर्षमा समावेस गरेर काम हुने र बहुवर्षीय ठेक्काको काम भइरहेको उनले बताए ।