काठमाडौं- स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ। बुधबार सुन प्रतितोला तीन हजार रुपैयाँले घटेर प्रतितोला दुई लाख ९४ हजार ५०० रुपैयाँमा काराेबार भइरहेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे हाे ।
मंगलबार छापावाल सुनको मोल प्रतितोला दुई लाख ९७ हजार ५०० रुपैयाँमा काराेबार भएकाे थियाे
आज एक ताेला चाँदीको मूल्य तीस रुपैँयाले घटेर चार हजार ९१५ रुपैयाँ कायम भएको छ । हिजाे चार हजार ९४५ रुपैयाँमा कारोबार भएको थियो ।