काठमाडौं- स्थानीय बजारमा आज सुनचाँदीकोे मूल्य घटेको छ। सुन प्रतितोला तीन हजार रुपैयाँ र चाँदी १०० रुपैयाँले घटेकाे हाे ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मोल प्रतितोला दुई लाख ९७ हजार ५०० रुपैयाँ र त्यति नै परिमाणको सेतो धातुको मूल्य चार हजार ९४५ रुपैयाँ कायम भएको छ ।
साेमबार छापावाल सुनको मोल प्रतितोला तीन लाख ५०० रुपैयाँ र त्यति नै परिमाणको चाँदी पाँच हजार ४५ रुपैयाँ मा कारोबार भएको थियो ।