काठमाडौं- स्थानीय बजारमा आज सुनचाँदीकोे मूल्य बढेको छ । सुन प्रतितोला एक हजार ३०० रुपैयाँ र चाँदी ५० रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मोल प्रतितोला तीन लाख ५०० रुपैयाँ र त्यति नै परिमाणको सेतो धातुको मूल्य पाँच हजार ४५ रुपैयाँ कायम भएको छ ।
आईतबार छापावाल सुनको मोल प्रतितोला दुई लाख ९९ हजार २०० रुपैयाँ र त्यति नै परिमाणको चाँदी चार हजार ९९५ रुपैयाँ मा कारोबार भएको थियो ।