काठमाडौं- स्थानीय बजारमा आज सुनचाँदीकोे मूल्य बढेको छ । सुन प्रतितोला दुई हजार ७०० रुपैयाँ र चाँदी ५० रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मोल प्रतितोला दुई लाख ९९ हजार २०० रुपैयाँ र त्यति नै परिमाणको सेतो धातुको मूल्य चार हजार ९९५ रुपैयाँ कायम भएको छ । गत शुक्रबार छापावाल सुनको मोल प्रतितोला दुई लाख ९६ हजार ५०० रुपैयाँ र त्यति नै परिमाणको चाँदी चार हजार ९४५ रुपैयाँ मा कारोबार भएको थियो ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन चार हजार ७२४ र त्यति नै परिमाणको चाँदी ७५ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।