काठमाडौं- बजारमा आज सुनको मूल्य १३ सयले घटेकाे छ । आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९९ हजार ७ सय रुपैयाँमा काराेबार भएकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।
हिजाे सुन प्रतितोला १ हजार २ सय रुपैयाँले बढेर प्रतितोला ३ लाख १ हजार रुपैयाँमा काराेबार भएकाे थियाे ।
आइतबार चाँदीको मूल्य ९५ रुपैयाँले बढेकाेमा आज ३५ रुपैयाँले घटेर चाँदीको मूल्य प्रतितोला पाँच हजार १९० रुपैयाँमा काराेबार भइरहेकाे छ ।
हिजाे चाँदीको मूल्य प्रतितोला पाँच हजार २२५ रुपैयाँ कायम भएको थियाे ।