काठमाडौं- बजारमा आज सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट आएको छ । सुन प्रतितोला तीन हजार रुपैयाँ र चाँदी १२० रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मोल प्रतितोला दुई लाख ९९ हजार ८०० रुपैयाँ र त्यति नै परिमाणको सेतो धातुको मूल्य पाँच हजार १३० रुपैयाँ कायम भएको छ ।
हिजो बिहीबार छापावाल सुनको मोल प्रतितोला तीन लाख दुई हजार ८०० रुपैयाँ र त्यति नै परिमाणको चाँदी पाँच हजार २५०रुपैयाँ मा कारोबार भएको थियो ।
गत बुधबार छापावाल सुनको मोल प्रतितोला तीन लाख दुई हजार ७०० रुपैयाँ र त्यति नै परिमाणको चाँदी पाँच हजार २२० रुपैयाँमा कारोबार भएको थियो ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन चार हजार ८२० र त्यति नै परिमाणको चाँदी ७५ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।