काठमाडाैं- आज सुनको मूल्य एक सयले बढेकाे छ। आज सुनको मूल्य प्रतितोला तीन लाख २ हजार ८०० रुपैयाँ कायम गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे हाे ।
बुधबार छापावाला सुनको मूल्य प्रतितोला तीन लाख २ हजार ७०० रुपैयाँ कायम गरिएको थियाे।
सुनसँगै आज चाँदीको मूल्य पनि केही बढेकाे छ।
महासंघका अनुसार आज चाँदी प्रतितोला ५ हजार दुई सय ५० रुपैयाँ पुगेको छ।
हिजाे चाँदी प्रतितोला५ हजार दुई सय २० रुपैयाँमा काराेबार भएकाे थियाे।