काठमाडाैं- आज बुधबार सुनको मूल्य तीन लाख नाघेकाे छ। आज सुनको मूल्य प्रतितोला तीन लाख २ हजार ७०० रुपैयाँ कायम गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे हाे ।
मंगलबार छापावाला सुनको मूल्य प्रतितोला २ लाख ९६ हजार ७०० रुपैयाँ कायम गरिएको थियाे।सुनसँगै आज चाँदीको मूल्यपनि केही बढेकाे छ। महासंघका अनुसार आज चाँदी प्रतितोला ५ हजार दुई सय २० रुपैयाँ पुगेको छ।
हिजाे चाँदी प्रतितोला १ सय ६५ रुपैयाँले बढेर ५ हजार ६५ रुपैयाँ पुगेको थियाे।अन्तर्राष्ट्रिय बजारमा हुने सुनचाँदीको मूल्य उतारचढावका आधारमा नेपाल सुनचाँदी व्यवसायी महासंघले स्थानीय बजारका लागि दैनिक बिक्री मूल्य निर्धारण गर्दै आएको छ।