काठमाडाैं- नेपाली बजारमा मंगलबार सुनको मूल्य बढकाे छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार साेमबारको तुलनामा आज सुनको मूल्य प्रतितोला ३ हजार १ सय रुपैयाँले बढेकाे हाे।
महासंघले सार्वजनिक गरेको नयाँ दरभाउ अनुसार छापावाला सुनको मूल्य प्रतितोला २ लाख ९६ हजार ७०० रुपैयाँ कायम गरिएको छ। यसअघि आईतबार सुन प्रतितोला २लाख ९६हजार ७०० रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, आज १० ग्राम सुनको मूल्य २ लाख ५७ हजार ३० रुपैयाँ तोकिएको छ । जुन आईतबार २ लाख ५४ हजार ३७० रुपैयाँ रहेको थियो।सुनसँगै आज चाँदीको मूल्यमा पनि केही बढेकाे छ। महासंघका अनुसार आज चाँदी प्रतितोला १सय ६५ रुपैयाँले बढेर ५ हजार ६५ रुपैयाँ पुगेको छ।
साेमबार चाँदी प्रतितोला ४ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो। यस्तै, आज १० ग्राम चाँदीको मूल्य ४ हजार ३४३ रुपैयाँ कायम भएको छ।
अन्तर्राष्ट्रिय बजारमा हुने सुनचाँदीको मूल्य उतारचढावका आधारमा नेपाल सुनचाँदी व्यवसायी महासंघले स्थानीय बजारका लागि दैनिक बिक्री मूल्य निर्धारण गर्दै आएको छ।