काठमाडाैं- नेपाली बजारमा आइतबार सुनको मूल्य सामान्य घटेकाे छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आईतबारको तुलनामा आज सुनको मूल्य प्रतितोला ४रुपैयाँले घटेकाे हाे।
महासंघले सार्वजनिक गरेको नयाँ दरभाउ अनुसार छापावाला सुनको मूल्य प्रतितोला २ लाख ९६ हजार ७०० रुपैयाँ कायम गरिएको छ। यसअघि आईतबार सुन प्रतितोला २ लाख ९७हजार १०० रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, आज १० ग्राम सुनको मूल्य २ लाख ५४ हजार ३७० रुपैयाँ तोकिएको छ । जुन आईतबार २ लाख ५४ हजार ७१५ रुपैयाँ रहेको थियो।सुनसँगै आज चाँदीको मूल्यमा पनि केही घटेकाे छ। महासंघका अनुसार आज चाँदी प्रतितोला ७५ रुपैयाँले बढेर ४ हजार ९०० रुपैयाँ पुगेको छ।
आईतबार चाँदी प्रतितोला ४ हजार ९७५ रुपैयाँमा कारोबार भएको थियो। यस्तै, आज १० ग्राम चाँदीको मूल्य ४ हजार २०० रुपैयाँ कायम भएको छ।
अन्तर्राष्ट्रिय बजारमा हुने सुनचाँदीको मूल्य उतारचढावका आधारमा नेपाल सुनचाँदी व्यवसायी महासंघले स्थानीय बजारका लागि दैनिक बिक्री मूल्य निर्धारण गर्दै आएको छ।