Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #रवि लामिछाने
  • #राहदानी
  • #एनएफपिजे
  • #निर्वाचन_आयोग
  • #फाउल_पोक्स
  • #महिला टी-२०
  • #महिला टी-२० विश्वकप ग्लोबल छनोट
  • #रामप्रसादराई
  • #रास्वपा
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • जापान रोजगारमा सिन्डिकेट लाद्न खोेजिएको आरोप
जापान रोजगारमा सिन्डिकेट लाद्न खोेजिएको आरोप
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, भदौ ४, २०७७
Hardik health
काठमाडौं– वैदेशिक रोजगार व्यवसायीहरूको छाता संगठन नेपाल वैदशिक रोजगार व्यवसायी संघले जापान रोजगारमा सिन्डिकेट लाद्न खोजेको आरोप लगाएको छ । संघले प्रेस विज्ञप्ति जारी गर्दै सघंले दर्ता भएको संस्था र विभागको मिलेमतोमा जापान रोजगारीमा ‘सिन्डिकेट’ खडा गर्न खोजिएको र कानुनविपरीत दर्ता भएको संस्थाले कुनै काम गर्न नपाउने भन्दै आपत्ति जनाएको छ । व्यवसायीहरूको साझा संस्थालाई संस्था गठनको सन्दर्भमा कुनै जानकारी नै नदिई सुटुक्कै दर्ता गर्न दिनुको कारणको जवाफ विज्ञप्तिमार्फत विभाग र संस्था दुवैसँग संघले मागेको छ । विज्ञप्तिमा भनिएको छ, ‘व्यवसायीको छाता संगठनको रूपमा रहेको संघलाई जेइसिसीको गठनको विषयमा जानकारी नदिनुको कारण के हो ? संघले सिन्डिकोटको विरोध गर्ने भएर हो कि ?’ त्यस्तै, विभागमा पटक–पटक लिखित र मौखिक रूपमा जापानमा प्रशिक्षार्थी कामदार पठाउन सूचीकरण गर्ने प्रक्रिया अगाडि बढाई पाउँ भनेर संघका तर्फबाट पत्र पठाउँदा पनि सूचीकरणको प्रक्रिया अगाडि नबढाएको संघले जनाएको छ । संघका अनुसार योग्यता पुगेका इच्छुक इजाजतपत्रवालाहरूलाई अवसर नदिइएको र सिमित व्यवसायीलाई मात्र अवसर दिई सिन्डिकेट लागू गर्न जेइसिसीमा संलग्न व्यवसायी र विभागको मिलेमतो भएको हो । यस विषयमा संघका महासचिव सुजितकुमार श्रेष्ठले प्रभावसँगको कुराकानीमा नयाँ व्यवसायीले इजाजतपत्रका लागि व्यवस्था गरिदिन अनुरोध गरे पनि विभागले ‘हुँदैन’ भनेर अडान राखेपछि झन्डै चार सय व्यवसायी फर्किनु परेको बताएका छन् । ‘ नियमअनुसार नयाँ इजाजतवालाका हकमा सूचना जारी गरेर दर्ताका लागि निवेदन आह्वान गर्न विभागले जारी गर्नुपर्ने हुन्छ । तर, डिजीसा’बले ‘हुँदै हुँदैन’ भनेपछि करिब ४ सय व्यवसायी साथीहरू फर्किनुपरेको छ,’ उनले भने, ‘जापानका लािग प्रशिक्षार्थी कामदार पठाउन जिट्कोको इजाजतका लागि प्रत्येकवर्ष सूचना निकाल्नु पर्नेमा त्यसो नगर्नु र विगत ६÷७ महिनादेखि विभागमा आग्रह गर्दा पनि सूचीकरणको प्रक्रिया अगाडि नबढाउनु आश्चर्यजनक हो ।’ जुनसुकै राजनीतिक आस्था, जातीय र भेगीय संस्थाहरूलाई संघले आफ्नो छातामुनी सम्बद्ध गरेर लगेको अवस्थामा जेइसिसीले नमान्नुको प्रष्ट जवाफ संघले मागेको छ । जारी विज्ञप्तिको बुँदा ३ मा भनिएको छ, ‘राजनीतिक आस्थाले खोलेका र जातीय, भेगीय संस्थाहरूले संघलाई छाता संगठन मानेकोमा जेइसिसीको धारणा के हो ?’ यसरी छाता संगठनलाई पूरै बेवास्ता गरेर शक्तिको भरमा मनोमानी ढंगले मिलेर सिन्डिकेट गर्न थालेको भन्दै संघले यसको विरोध मात्र नभएर कानुनी उपचारमा पनि जाने जनाएको छ । जबकि जापान रोजगारीमा पठाउन इजाजत दिने सम्वन्धमा कार्यविधिमा स्पष्ट व्यवस्था हुँदाहुँदै पनि विभागले त्यसमा आलटाल गरेर आँखा चिम्लेर दर्ता गरिदिनु ठूलै चलखेल भएको संघको आरोप छ । तर, संघका पदाधिकारीहरूलाई यस विषयमा सबै कुरा पहिल्यै अवगत भए पनि पछि आएर मिडियाबाजी गर्दै ओभानो बन्न खोजिएको केही व्यवसायीले आरोप लगाउन थालेका छन् । उता, बुधबार संघले विज्ञप्ति सार्वजनिक गरेर कानुनी उपचार खोज्छौँ भनिरहे पनि विभागका महानिर्देशक कुमारप्रसाद दाहालले भने कार्यविधि स्पष्ट नआएसम्म अघि नबढ्ने अडान लिएका छन् । कार्यविधि स्पष्ट नभएपछि कसरी नयाँ संस्थालाई इजाजत दिन सकिन्छ भन्दै उनले कार्यविधि जहिले स्पष्ट भएर आउँछ तब मात्र अघि बढ्ने बताए ।
प्रकाशित मिति: बिहीबार, भदौ ४, २०७७  ०५:५८
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा शुक्रबार, पुस ४, २०८२
पाँच महिनामा चार सय ९६ घरेलु तथा साना उद्योग दर्ता
पाँच महिनामा चार सय ९६ घरेलु तथा साना उद्योग दर्ता शुक्रबार, पुस ४, २०८२
वित्तीय सङ्घीयता कार्यान्वयन सुदृढ गर्न एडिबीको सहयोग
वित्तीय सङ्घीयता कार्यान्वयन सुदृढ गर्न एडिबीको सहयोग बुधबार, पुस २, २०८२
दौत्य सम्बन्ध स्थापनाको ५०औँ वर्ष पूरा ,महासंघ र भियतनाम चेम्बर बीच सहकार्य हुने
दौत्य सम्बन्ध स्थापनाको ५०औँ वर्ष पूरा ,महासंघ र भियतनाम चेम्बर बीच सहकार्य हुने बिहीबार, मंसिर २५, २०८२
पोखरामा बुधबारदेखि राष्ट्रिय औद्योगिक व्यापार र सूचना प्रविधि मेला
पोखरामा बुधबारदेखि राष्ट्रिय औद्योगिक व्यापार र सूचना प्रविधि मेला मंगलबार, मंसिर १६, २०८२
मौद्रिक नीति पहिलो त्रैमासिक समीक्षाः मौद्रिक उपकरणमा थप लचकता
मौद्रिक नीति पहिलो त्रैमासिक समीक्षाः मौद्रिक उपकरणमा थप लचकता सोमबार, मंसिर १५, २०८२
सम्पत्ति शुद्धीकरणसम्बन्धी  कार्यशाला–गोष्ठी  सम्पन्न
सम्पत्ति शुद्धीकरणसम्बन्धी  कार्यशाला–गोष्ठी  सम्पन्न सोमबार, मंसिर १५, २०८२
लोकप्रिय
  • Week
  • Month
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
ज्याक काड्रो खेलको नेपालका लागि राष्ट्रिय राजदूत नियुक्त  
ज्याक काड्रो खेलको नेपालका लागि राष्ट्रिय राजदूत नियुक्त  
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP