Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #बढघर
  • #बौद्धनाथ
  • #बागमती_प्रदेशसभा
  • #नेपाल_पर्यटन_बोर्ड
  • #सुनचाँदीकाे_मूल्य
  • #सिसिटिभी
  • #रक्षबहादुर_रैका_मगर
  • #नेपाल_मगर_संघ
  • #सुर्खेत_विमानस्थल
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • श्रीमतीको जागिर जोगाउन खोज्दा आफै पदमुक्त भए श्रममन्त्री साह
चैत १३ गते शपथ, चैत २६ गते बर्खास्त श्रीमतीको जागिर जोगाउन खोज्दा आफै पदमुक्त भए श्रममन्त्री साह
ममता थापा
ममता थापा शुक्रबार, चैत २७, २०८२
  • स्वास्थ्य बीमा बोर्डको सदस्यबाट निलम्बनमा परेकी आफ्नी श्रीमती जुनु श्रेष्ठलाई सोही पदमा पुन सक्रिय गराएर सत्ताको शक्ति प्रयोग गराएपछि मन्त्री साह विवादमा तानिएका थिए
  • सभापति रवि लामिछानेले बिहीवार प्रधानमन्त्री वालेन्द्र शाहलाई पत्राचार गर्दै श्रममन्त्री साहलाई जिम्मेवारीबाट अलग गर्न सिफारिस गरेसँगै उनी पदमुक्त भएका हुन् 
  • साह पदमुक्त भएसँगै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री शाहले नै सम्हाल्ने भएका छन्

काठमाडौं- श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री दीपककुमार साह जिम्मेवारी सम्हालेको १३ दिनमै पदमुक्त भएका छन् । साहले पदीय मर्यादाको दुरुपयोग गरेको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टी विधानमा भएको जिम्मेवारीबाट फिर्ता बोलाउन सकिने (राइट टू रिकल)को प्रावधान प्रयोग गर्दै मन्त्री साहलाई पदमुक्त गरेको हो ।  
स्वास्थ्य बीमा बोर्डको सदस्यबाट निलम्बनमा परेकी आफ्नी श्रीमती जुनु श्रेष्ठलाई  सोही पदमा पुन निरन्तरता दिन सत्ताको शक्ति प्रयोग गराएपछि मन्त्री साह विवादमा तानिएका थिए । २०८० सालमा नियुक्त भएकी श्रेष्ठ बोर्डको बैठकमा ११ पटकसम्म उपस्थित नभएपछि स्वतः निलम्बित भएकी थिइन् । रास्वपाको केन्द्रीय अनुशासन आयोगले साहको यो हर्कतविरुद्ध आवश्यक कारवाही अघि बढाउन चैत २५ गते पार्टी सभापति रवि लामिछानेलाई सिफारिस गरेको थियो । सभापति लामिछानेले बिहीवार प्रधानमन्त्री वालेन्द्र शाहलाई पत्राचार गर्दै श्रममन्त्री साहलाई जिम्मेवारीबाट अलग गर्न सिफारिस गरेसँगै उनी पदमुक्त भएका हुन् । 

रास्वपाको विधानको धारा २५को (४) (क)ले पार्टी सभापतिलाई पार्टीको आदर्श, सिद्धान्त र मर्यादामाथि आँच आउन नदिन जिम्मेवारी सुम्पिएको छ भने पदको दुरुपयोग भएको अवस्थामा विधानको धारा ६९मा भएको ‘राइट टू रिकल’को व्यवस्था प्रयोग गरिने भनिएको छ । रास्वपाले सांसदहरुको अभिमुखीकरणमा समेत पार्टीको छवि, आदर्श, सिद्धान्त र मर्यादामाथि आँच आउने काम गरे त्यस्ता मन्त्री या सांसदलाई तुरुन्तै फिर्ता बोलाइने चेतावनी दिएको थियो । यो प्रकरणमा आफ्नो विभागीय मन्त्रीको हिसाबले गम्भीरता नदेखाएको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्री निशा मेहतालाईसमेत सचेत गराएको छ । 

मन्त्री साहले गत चैत १३ गतेमात्र पद तथा गोपनीयताको शपथ लिएका थिए । त्यसो त साह मन्त्री नियुक्त भएदेखि नै नौ वर्ष अगाडिको प्रकरणका कारण विवादमा तानिएका थिए । एमबिबिएस पास गराइदिने भन्दै एक जनाबाट रकम असुल गरेको भन्दै ठगीको आरोपमा तत्कालीन वल्ड वाइड कन्सलटेन्सीका सञ्चालक रहेका दिपककुमार साह २०७३ असोज १६ गते पक्राउ परेको तथ्य सार्वजनिक भएको थियो । अघिल्लो हप्ता मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा यसबारे सोधिएका प्रश्नमा उनी पन्छिएका थिए ।

Hardik health

साह पदमुक्त भएसँगै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री शाहले नै सम्हाल्ने भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले श्रम मन्त्रालयको कार्यभार प्रधानमन्त्रीलाई नै तोकेसँगै मन्त्रीपरिषद्मा अब १४ सदस्यमात्र कायम भएका छन् । 

के-के भयो १३ दिने कार्यकालमा ?
श्रम क्षेत्रबारे ज्ञान नभएको भनिएका निवर्तमान मन्त्री साहले झण्डै दुई हप्ताको अवधिमा वैदेशिक रोजगारीको क्षेत्रमा केही महत्वपूर्ण निर्णय भने गरेका छन् । कानूनमा भएर पनि कार्यान्वयनमा नआएको फ्रि-भिजा, फ्रि-टिकटको प्रावधानलाई कार्यान्वयनमा ल्याउने उनको तयारी थियो । दश वर्षभन्दा बढी समयसम्म निश्क्रिय रहेको दश हजार सेवा शुल्कको प्रावधानमा कडाइ गर्न निर्देशन दिएसँगै वैदेशिक रोजगार व्यवसायमा हलचल मच्चिएको अवस्था छ । म्यानपावर व्यवसायीलाई श्रमिकबाट लिएको हिसाब वैदेशिक रोजगार विभागमा बुझाउन पत्राचार गरिसकिएको छ भने विमानस्थलमा श्रमिकसँग लिएको रसिद जाँच गर्ने तयारी भइरहेको थियो । 

उनले वैदेशिक रोजगारीमा जाने कामदारलाई दिइने पूर्वप्रस्थान अभिमुखीकरण तालिमलाई निःशुल्क बनाउन आवश्यक प्रक्रिया अघि बढाउन निर्देशन दिएका थिए । जसअनुसार तालिमको पाठ्यक्रमको श्रव्यदृश्य सामग्री बनाइ श्रमिकलाई निःशुल्क अभिमुखीकरण दिने व्यवस्था मिलाउन वैदेशिक रोजगार बोर्डले आवश्यक काम गरिहेको छ । 

पदमुक्त भएका मन्त्री साहले रोजगारीमा जाने श्रमिकले सरकारी स्वास्थ्य संस्थाबाट समेत स्वास्थ्य परीक्षण गर्न पाउने व्यवस्था गर्न सरकारको स्वामित्वमा रहेका स्वास्थ्य संस्थाहरुलाई सूचीकरण हुन आह्वान गरिसकेको छ । विगतमा सुस्ताएको वैदेशिक रोजगार विभागले पनि यस अवधिमा थप सक्रिय भएको पाइन्छ । पछिल्लो समय विभागबाट टोकन प्रणाली हटेर आवेदन दिएकै दिन श्रम स्वीकृति दिन थालिएको छ ।

त्यस्तै, बिचौलियालाई विभाग प्रवेशमा कडाइ गरिएको छ भने विदेशमा अलपत्र परेकाहरुको उद्धारमा गैरसरकारी संस्था या व्यक्तिलाई निषेध गर्ने विभागले जनाएको छ । त्यस्तै, अभिमुखीकरण तालिमको शुल्क सात सयभन्दा बढी लिने संस्था खारेज गर्ने, वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्नेहरुको विवरण सार्वजनिक गर्ने लगायतका काम विभागबाट भएका छन् ।
a


प्रकाशित मिति: शुक्रबार, चैत २७, २०८२  १०:५९
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
कोरिया जान नपाएका युवाहरु रवि खोज्दै रास्वपा कार्यालयमा
कोरिया जान नपाएका युवाहरु रवि खोज्दै रास्वपा कार्यालयमा मंगलबार, जेठ १२, २०८३
असन्तुष्टपक्षले घोषणा गरेको निर्वाचन अनिश्चित
असन्तुष्टपक्षले घोषणा गरेको निर्वाचन अनिश्चित सोमबार, जेठ ११, २०८३
भिसामा रोक लगाएसँगै जापानकोे ‘फुड सर्भिस’ क्षेत्रमा कामदार अभाव हुने अनुमान
भिसामा रोक लगाएसँगै जापानकोे ‘फुड सर्भिस’ क्षेत्रमा कामदार अभाव हुने अनुमान आइतबार, जेठ १०, २०८३
पश्चिम एसिया द्वन्द्वले विप्रेषण आप्रवाह प्रभावितः परराष्ट्र
पश्चिम एसिया द्वन्द्वले विप्रेषण आप्रवाह प्रभावितः परराष्ट्र शनिबार, जेठ ९, २०८३
कार्यक्रम र नारा हरेक वर्ष दोहोरिन्छन्, हुँदैन कार्यान्वयन
कार्यक्रम र नारा हरेक वर्ष दोहोरिन्छन्, हुँदैन कार्यान्वयन शुक्रबार, जेठ ८, २०८३
खाडी मुलुकमा घरेलु कामदार पठाउनेबारे संसदीय समितिको निर्देशन कुर्दै मन्त्रालय
खाडी मुलुकमा घरेलु कामदार पठाउनेबारे संसदीय समितिको निर्देशन कुर्दै मन्त्रालय बिहीबार, जेठ ७, २०८३
वैदेशिक रोजगारीका क्षेत्रमा हुने ठगी नियन्त्रण गरिनेछ : श्रममन्त्री यादव
वैदेशिक रोजगारीका क्षेत्रमा हुने ठगी नियन्त्रण गरिनेछ : श्रममन्त्री यादव बुधबार, जेठ ६, २०८३
लोकप्रिय
  • Week
  • Month
लगातार चार दिन सार्वजनिक बिदा
लगातार चार दिन सार्वजनिक बिदा
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
पश्चिम एसिया द्वन्द्वले विप्रेषण आप्रवाह प्रभावितः परराष्ट्र
पश्चिम एसिया द्वन्द्वले विप्रेषण आप्रवाह प्रभावितः परराष्ट्र
प्रतिनिधिसभा बैठक स्थगित
प्रतिनिधिसभा बैठक स्थगित
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP