Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मलेसियान_सिण्डिकेट
  • #कमेडी शो
  • #The Fun२sss Show
  • #फ्रेन्च_फ्राइज
  • #नेपाल स्टक एक्सचेञ्‍ज
  • #नेशनल लाईफ इन्स्योरेन्सक
  • #नेपाली_फ्रोजन_फ्रेन्च_फ्राइज
  • #सुनचाँदी
  • #विश्व_सहरीकरण_दिवस
Search Here
प्रवास
  • Home
  • प्रवास
  • रैथाने खानाको प्रवद्र्धनमा सेफ थपलिया
रैथाने खानाको प्रवद्र्धनमा सेफ थपलिया
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, भदौ ३, २०७७
Hardik health
सेफ नारायण थपलियालाई नेपाली रैथाने खाना सामान्य होटल रेस्टुरेन्टदेखि फाइभस्टार होटलसम्म हुनुपर्छ लाग्छ । सामान्य भाडा माझ्ने कामबाट होटल लाइनमा प्रवेश गरेका थपलियाले देश तथा विदेशका थुप्रै फाइभस्टार होटलमा सेफ र चिफ सेफको रूपमा काम गरे तर नेपाली खाना होटलको मेनुमा समावेश भएको पाएनन् । उनी भन्छन्, ‘नेपालको खाना कुनै पनि हिसाबले कमसल छैन । नेपालका सयौँ मौलिक खानाहरू छन् तर हाम्रै स्थानीय होटलको मेनुमा यहाँको रैथाने खानाहरू समावेश छैन ।’ उनी यहाँको मेनुहरू देखेर अचम्म लागेको बताउँछन् । ‘आलु तारेर दिएको छ, फ्रेन्च फ्राई भन्नु परेको छ, मसरुम सुप भनेर बिरामीहरूलाई खुवाइएको छ,’ उनी भन्छन्, ‘किन त्यसो गर्नुप¥यो र तारेको आलु, दालको झोल वा खोलेफाँडे भनेर किन बेच्न नसकिने हो र ?’ नेपालका रैथाने खानाहरूलाई विदेशी खानाहरूले विस्थापित गर्दै लगेको र रैथाने नामहरू पनि हराउँदै गएकोप्रति उनी चिन्ता व्यक्त गर्छन् । अहिले भने सेफ थपलिया आफैँ नेपालका रैथाने खानाहरूको उजागर गर्न र प्रवद्र्धन गर्न लागि परेका छन् । जब सेफ थपलिया पछिल्लो समय एस स्कुल अफ टुरिजम एन्ड होटल म्यानेजमेन्टमा निर्देशकको रूपमा आबद्ध भए ग्यास्टोनोमीको बारेमा उनलाई चासो बढ्यो । उनका अनुसार ग्यास्टोनोमी त्यस्तो विषय हो, जसले रैथाने खाना र संस्कृतिको अध्ययन गर्छ । विद्यार्थीहरूलाई सिकाउने क्रममा उनलाई आफै“ले नेपालको रैथाने खाना र संस्कृतिको उजागर गर्नुपर्छ भन्ने लाग्यो । र, २०२० मा ग्यास्टोनोमी अफ नेपाल नामक एक संस्था नै खडा गरेर नेपालको रैथाने खानाहरूको अध्यन–अनुसन्धान कार्यमा सेफ थपलिया लागेका छन् । ग्यास्टोनोमी अफ नेपालको संस्थापक अध्यक्षसमेत उनी आफैँ हुन् । ‘नेपाल बहुजातीय र बहुसांस्कृतिक देश हो यहाँका विभिन्न जाति समुदायको छुट्टाछुट्टै खानपिन र संस्कृति छ । खाना र संस्कृतिमा नेपालमा विविधता छ,’ थपलिया भन्छन्, ‘ग्यास्टोनोमी भनेको यस्तै रैथाने खानपिन र संस्कृतिको अध्ययन हो ।’ रैथाने बाली र मसलाको प्रयोग गरी परिकार बनाउने र आफ्नै मौलिक परम्पराअनुसार पस्किने विषय नै ग्यास्टोनोमीले अध्ययन गर्ने उनको कुरा छ । नेपालको रैथाने खाना र संस्कृतिलाई जोडेर ग्यास्टोनोमी फुड टुरिज्ममार्फत नेपालको ग्रामीण विकासमा समेत दिगोपन ल्याउन सकिने उनी बताउँछन् । जसमार्फत एकसाथ नेपालको मौलिक सस्ंकृति र खानाको परिकारको संरक्षण हुने उनको भनाइ छ । नेपालमा ग्यास्ट्रोनोमी पर्यटनको राम्रो सम्भावना भएको उनी औँल्याउछन् । उनी भन्छन, ‘क्षेत्रगत रूपमा हाम्रो खानपिन र संस्कारमा फरकपन छ, सत्कारको आ–आफ्नै शैली छ । यसले आन्तरिक तथा बाह्य पर्यटक तानेर ग्रामीण पर्यटन विकासमा टेवा पु¥याउँछ ।’ सेफ नारायण थपलिया नेपालको खानाको मौलिक परिकारहरूको उजागर गर्ने अभियानमा मात्र छैनन्, देश तथा विदेशको फाइभस्टार होटलहरूमा यहा“का रैथाने खानाहरूलाई स्थापति गर्ने अभियानमा पनि छन् । उनी भन्छन्, ‘नेपाल मात्र होइन, विदेशका फाइभस्टार होटलका मेनु तथा कोर्समा नेपालका रैथाने खानाहरू पाउनु पर्छ ।’ देश तथा विदेशका दर्जनौँ होटल रेस्टुरेन्टमा कार्यरत रहँदा नेपालका रैथाने खानाहरू आफूले नपाएको उनको अनुभव छ । उनी आफैँ भने फ्रेन्च खानामा विशेषज्ञता राख्छन् । होटलहरूमा फ्रेन्च खाना नै बनाएको र विभिन्न ट्रेनिङ सेन्टर र कलेजहरूमा यसकै बारेमा सिकाएको उनले बताए । आफ्नो करियरको बढिजसो समय विदेशमै बिताएका उनी नेपाल फर्केर एस स्कुल अफ टुरिजम एन्ड होटल म्यानेजमेन्टमा फुड इन्स्ट्रक्चरको रूपमा संलग्न भएपछि भने नेपालकै रैथाने खानाका परिकारतिर आफ्नो ध्यान गएको उनी बताउछन् । मसाल्चीदेखि मास्टर सेफसम्म नुवाकोटको लिखु गाउँपालिका–६ मा सामान्य परिवारमा जन्मेका नारायण थपलिया सुरुमा मसाल्ची (भाडा माझ्ने कामदार) को रूपमा होटल क्षेत्रमा प्रवेश गरेका थिए । मसाल्चीबाट क्लब हिमालय, नगरकोटमा आफ्नो करियर सुरु गरेका उनले त्यहाँ पाँच बर्ष बिताए । थपलिया होटल क्षेत्रमै जम्दै गएर सेफ, हेड सेफ मात्र भएनन्, मास्टर सेफसम्म भए । उनले विश्वविद्यायलयमा सम्बन्धित विषयमा लेक्चरसमेत दिए । उनले युनिभर्सिटी कलेज अफ द क्यमनमा लेक्चरर गरेका छन् । उनको औपचारिक अध्ययन भनेको एस.एल.सी. मात्र हो । सेफ थपलियाले होटल र हस्पिटालिटी क्षेत्रमा औपचारिक अध्ययन नगरे तापनि थुप्रै अनौपचारिक तालिम लिएका छन् । उनी वल्र्ड मास्टर सेफ सोसाइटीबाट सर्टिफाइड मास्टरसेफसमेत हुन् । होटल क्षेत्रमा थपलियाले २४ बिताइसकेका छन् । २४ वर्ष लामो आफ्नो करियरमा थपलियाले देशमा १२ वर्ष र केमन आइल्यान्डमा ७ वर्ष र दुबईमा ५ वर्ष गरेर विदेशमा १२ वर्ष काम गरे । यतिन्जेल उनले नेपालका तीन होटल तथा विदेशका पाँच होटल र तीन रेस्टुरेन्टमा काम गर्न भ्याए । यही अवधिमा नेपालका तीनवटा इन्स्टिच्युट्मा कुकिङ सम्बन्धी ट्रेनिङ गराए भने केमनको युनिभर्सिटीमा लेक्चरर पनि गरे । अहिले उनै मसाल्ची थपलिया मास्टर सेफ हु“दै ग्यास्ट्रोनोमी एसोसियन अफ नेपाल स्थापना गरेर नेपालका रैथाने खानाका परिकारहरूको उजागर र प्रवद्र्धन गर्न लागिपरेका छन् । उनी बेस्ट अफ ग्यास्ट्रोनोमी २०२० का नेपालका लागि एम्बासेडरसमेत हुन् । प्रस्तुतिः देव बाहिङ राई
प्रकाशित मिति: बुधबार, भदौ ३, २०७७  ०७:४२
प्रतिक्रिया दिनुहोस्
थप प्रवास
एनआरएनएको एकताकाे रोडम्याप प्रस्ताव पारित
एनआरएनएको एकताकाे रोडम्याप प्रस्ताव पारित सोमबार, कात्तिक १७, २०८२
आदिवासी जनजाति महासंघ क्यालिफोर्नियाको अध्यक्षमा दोङ 
आदिवासी जनजाति महासंघ क्यालिफोर्नियाको अध्यक्षमा दोङ  मंगलबार, कात्तिक ११, २०८२
उपत्यका ट्राफिक प्रहरी ‘कन्ट्रोल रुम’ पुनः निर्माण सम्पन्न
उपत्यका ट्राफिक प्रहरी ‘कन्ट्रोल रुम’ पुनः निर्माण सम्पन्न मंगलबार, कात्तिक ११, २०८२
आयुसिएनको क्षेत्रीय परिषद् सदस्यमा अधिकारी निर्वाचित
आयुसिएनको क्षेत्रीय परिषद् सदस्यमा अधिकारी निर्वाचित बिहीबार, असोज ३०, २०८२
बाढी–पहिरो प्रभावित इलाममा  एनआरएनएकाे राहत
बाढी–पहिरो प्रभावित इलाममा एनआरएनएकाे राहत आइतबार, असोज २६, २०८२
गैरआवासीय नेपाली संघले मनायो २२ औं स्थापना दिवस
गैरआवासीय नेपाली संघले मनायो २२ औं स्थापना दिवस आइतबार, असोज २६, २०८२
एनआरएनएको टोलीको जनाए प्रधानमन्त्री तथा वरिष्ठ मन्त्रहरूसँग पुनर्निर्माणमा सघाउने प्रतिबद्धता
एनआरएनएको टोलीको जनाए प्रधानमन्त्री तथा वरिष्ठ मन्त्रहरूसँग पुनर्निर्माणमा सघाउने प्रतिबद्धता शुक्रबार, असोज १०, २०८२
लोकप्रिय
  • Week
  • Month
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
एनपीएलको ‘टु ह्विलर पार्टनर’ पल्सर
एनपीएलको ‘टु ह्विलर पार्टनर’ पल्सर
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध  ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP