Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #राष्ट्रियसभा _ बैठक
  • #नेशनल लाईफ इन्स्योरेन्सक
  • #नेपाल स्टक एक्सचेञ्‍ज
  • #The Fun२sss Show
  • #कमेडी शो
  • #मलेसियान_सिण्डिकेट
  • #सुनचाँदी
  • #विश्व_सहरीकरण_दिवस
Search Here
प्रवास
  • Home
  • प्रवास
  • एनआरएनएको एकताकाे रोडम्याप प्रस्ताव पारित
एनआरएनएको एकताकाे रोडम्याप प्रस्ताव पारित
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, कात्तिक १७, २०८२

काठमाडौं -  गैरआवासीय नेपाली संघ, एनआरएनएको एकताका लागि महेश कुमार श्रेष्ठ नेतृत्वको कार्यसमितिले रोडम्याप (प्रस्ताव) पारित गरेको छ ।आइतबार राति बसेको ओवी बैठकले डा. बद्री केसी पक्षसँग सहमतिका लागि पेश गर्ने ९ बुँदे प्रस्ताव पारित गरेको हो ।

श्रेष्ठको अध्यक्षतामा बसेको बैठकमा महासचिव बाबुराम (बीआर) लामाले सहमतिको प्रस्ताव पेश गरेका थिए । बैठकले ९ बुँदे सहमतिको मर्मलाई कार्यान्व्यन गर्ने जिम्मा अध्यक्ष श्रेष्ठलाई नै दिइएको छ । सहमतिको मस्यौदामा संघलाई यसको मूल मर्मअनुसार स्वतन्त्र, स्वायत्त, गैरराजनीतिक, सामाजिक तथा परोपकारी संस्थाको रुपमा सुदृढ बनाउने उल्लेख गरिएको छ ।

श्रेष्ठले डा. बद्री केसीले  नेतृत्व गरेको समूहसँग आपसी संवाद, सहकार्य र सहमतिको माध्यमबाट संघभित्र विगतका विवादहरू समाधान गर्ने र पारदर्शिता, विश्वसनीयता तथा संस्थागत स्थायित्वलाई प्राथमिकता दिने बैठकमा प्रतिबद्धता व्यक्त गरेका छन् ।‘एनआरएनए कुनै व्यक्ति वा समूहको संगठन होइन, यो विश्वभरका नेपालीहरूको साझा घर हो, जसलाई हामी सबैको सहकार्यले मात्र मजबुत बनाउन सक्छौं,’ श्रेष्ठले भने ।

Hardik health

अध्यक्ष श्रेष्ठको नेतृत्वमा तयार गरिएको मस्यौदाले आगामी १२औं महाधिवेशनलाई निष्पक्ष, पारदर्शी र विश्वासयोग्य रूपमा सम्पन्न गर्ने स्पष्ट योजना समेटेको प्रवक्ता गंगाधर गौतमले बताए । उनले यसका लागि अध्यक्ष श्रेष्ठको नेतृत्वमा स्टेरिङ कमिटी गठन गर्ने र एमआइएस  व्यवस्थापन समिति र विवाद समाधान समितिहरु पनि गठन गर्ने प्रस्ताव गरेको जानकारी दिए ।

श्रेष्ठ नेतृत्वको कार्यसमिति सर्वोच्च अदालतको परमादेशबाट गठित उच्चस्तरीय समितिले गराएको अधिवेशनबाट निर्वाचित भएको हो ।  एनआरएनको आधिकारिकता लगायतका विषयमा अदालतमा परेका मुद्दाहरू सबै पक्षले फिर्ता लिने बुँदा पनि सहमति प्रस्तावमा समावेश गरिएको छ । प्रवक्ता गौतमले कार्यसमितिबाट प्रस्ताव पारित भएकाले अब एकताको बल केसी पक्षको कोर्टमा रहेको जानकारी दिए ।

सहमतिका प्रस्तावित मुख्य बुँदाहरु :-

  • एघारौं अन्तर्राष्ट्रिय महाधिवेशनबाट निर्वाचित डा. बद्री के.सी.को नेतृत्वको कार्यसमितिलाई स्वीकार गर्ने ।
  • सम्मानित सर्वोच्च अदालतको मिति २०८० चैत्र २१ गते (२०२४ अप्रिल ३ तारिख) रिट नं ०७९–wo–१५०७ मा भएको परमादेश बमोजिम संघका पूर्व अध्यक्ष डा.शेष घलेको संयोजकत्वमा गठित उच्चस्तरीय समितिद्वारा मिति २०२५ मे ३–४ मा आयोजित महाधिवेशनबाट महेश कुमार श्रेष्ठको नेतृत्वमा सर्वसम्मतरूपमा निर्वाचित कार्यसमितिलाई स्वीकार गर्ने, साथै संघको केन्द्रिय कार्यालयमा अध्यक्ष महेश कुमार श्रेष्ठ र पदाधिकारीहरुलाई कार्यालयमा पदासिन गराउने ।
  • गैर आवासीय नेपाली संघको बाह्रौं महाधिवेशन सहमति पत्रमा हस्ताक्षर भएका मितिले ६ महिना भित्र सम्पन्न गर्ने ।
  • १२औं महाधिवेशन पारदर्शी एवं विश्वासयोग्य रूपमा सम्पन्न गर्न र नियमित कार्यालय सञ्चालन गर्नका लागि एक स्टेअरिङ कमिटी गठन गर्ने ।
  • उक्त कमिटीले विधानमा र कार्यविधिमा  व्यवस्था भए अनुसार निर्वाचन समिति, निर्वाचन अनुगमन समिति, सदस्यता तथा प्रतिनिधी व्यवस्थापन समिति र न्यायिक समिति गठन गर्ने ।


प्रकाशित मिति: सोमबार, कात्तिक १७, २०८२  १२:३७
प्रतिक्रिया दिनुहोस्
थप प्रवास
आदिवासी जनजाति महासंघ क्यालिफोर्नियाको अध्यक्षमा दोङ 
आदिवासी जनजाति महासंघ क्यालिफोर्नियाको अध्यक्षमा दोङ  मंगलबार, कात्तिक ११, २०८२
उपत्यका ट्राफिक प्रहरी ‘कन्ट्रोल रुम’ पुनः निर्माण सम्पन्न
उपत्यका ट्राफिक प्रहरी ‘कन्ट्रोल रुम’ पुनः निर्माण सम्पन्न मंगलबार, कात्तिक ११, २०८२
आयुसिएनको क्षेत्रीय परिषद् सदस्यमा अधिकारी निर्वाचित
आयुसिएनको क्षेत्रीय परिषद् सदस्यमा अधिकारी निर्वाचित बिहीबार, असोज ३०, २०८२
बाढी–पहिरो प्रभावित इलाममा  एनआरएनएकाे राहत
बाढी–पहिरो प्रभावित इलाममा एनआरएनएकाे राहत आइतबार, असोज २६, २०८२
गैरआवासीय नेपाली संघले मनायो २२ औं स्थापना दिवस
गैरआवासीय नेपाली संघले मनायो २२ औं स्थापना दिवस आइतबार, असोज २६, २०८२
एनआरएनएको टोलीको जनाए प्रधानमन्त्री तथा वरिष्ठ मन्त्रहरूसँग पुनर्निर्माणमा सघाउने प्रतिबद्धता
एनआरएनएको टोलीको जनाए प्रधानमन्त्री तथा वरिष्ठ मन्त्रहरूसँग पुनर्निर्माणमा सघाउने प्रतिबद्धता शुक्रबार, असोज १०, २०८२
लोकप्रिय
  • Week
  • Month
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
सुनचाँदीको भाउ निरन्तर घट्ँदै
सुनचाँदीको भाउ निरन्तर घट्ँदै
पहिलो नेपाली मुक्तक एल्बम सार्वजनिक
पहिलो नेपाली मुक्तक एल्बम सार्वजनिक
हात्ती आयो हात्ती आयो फुस्सा
हात्ती आयो हात्ती आयो फुस्सा
सीमित म्यानपावर कम्पनीले मात्रै कामदार पठाउन पाउने गरी तोकियो मापदण्ड 
सीमित म्यानपावर कम्पनीले मात्रै कामदार पठाउन पाउने गरी तोकियो मापदण्ड 
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP