Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #प्रथम_अधिवेशन
  • #सूचनाको हकका लागि राष्ट्रिय महासंघ बागमति प्रदेश
  • #फिफा विश्वकप २०२६
  • #ईपीएस
  • #दक्षिण कोरिया
  • #फाराम_शुल्क_वृद्धि
  • #दक्षिण एसियाली शारीरिक सुगठन तथा फिजिक स्पोर्ट्स
  • #Farmer's market
  • #गोकर्णेश्वर_नगरपालिका
Search Here
कला-मनोरञ्‍जन
  • Home
  • कला-मनोरञ्‍जन
  • आमा-छोरी एकसाथ देखिँदै चलचित्र ‘बाः एक योद्धा’मा
आमा-छोरी एकसाथ देखिँदै चलचित्र ‘बाः एक योद्धा’मा
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, चैत २६, २०८२
Hardik health

काठमाडौं-  नेपाली चलचित्र क्षेत्रकी सफल अभिनेत्री तथा निर्देशक झरना थापा र उनकी छोरी अभिनेत्री सुहाना थापा पहिलो पटक एउटै चलचित्रमा देखिने भएका छन् । संगीतकारको रूपमा स्थापित हरि लम्सालको डेब्यु निर्देशन रहने चलचित्र ‘बाः एक योद्धा’मा यी चर्चित आमा–छोरीको मुख्य भूमिका रहने पक्का भएको हो ।

विगत दुई सातादेखि छायांकन भइरहेको यस चलचित्रको निर्माण पक्षले कलाकारहरूको नाम गोप्य राखेको थियो । यतिबेला काठमाडौंका विभिन्न स्थानमा चलचित्रको धमाधम छा यांकन भइरहेको छ र झरना–सुहानाले सेटमा एकसाथ टेक दिइरहेका छन् ।

गत चैत्र ९ गते काठमाडौंस्थित पशुपतिनाथ मन्दिर परिसरमा स्क्रिप्ट र क्यामेरा पूजा गर्दै चलचित्रको छायांकन सुरु गरिएको थियो । ‘आर्टिस्टिक इन्टरटेनमेन्ट’को ब्यानरमा निर्माण भइरहेको यो चलचित्रले नेपाली समाजको एउटा अत्यन्तै मार्मिक र यथार्थपरक कथालाई समेट्ने प्रयास गरेको छ ।

संगीत र पार्श्व गायनमा दर्जनौँ  गीतहरू दिइसकेका चर्चित संगीतकार हरि लम्साल यसै चलचित्रमार्फत निर्देशकको रूपमा डेब्यु गर्दैछन् । लम्सालले निर्देशन मात्र नभई चलचित्रको कथा र पटकथा समेत आफैँले तयार पारेका हुन् ।संगीतिक क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाइसकेका लम्सालको निर्देशकीय क्षमता र दृष्टिकोण कस्तो रहनेछ भन्नेमा प्रतीक्षा रहेको छ ।

चलचित्रको शीर्षकले नै संकेत गरेझैँ, यो सिनेमाले नेपाली परिवारमा ‘बुवा’को महत्त्व र उनको अस्तित्वलाई दर्शाउनेछ । एउटा बाबुले आफ्नो सन्तानको भविष्य उज्ज्वल बनाउनका लागि गर्ने अथक त्याग, जीवनभर झेल्ने चुनौती र संघर्षलाई चलचित्रमा ‘योद्धा’को रूपमा चित्रण गरिएको छ ।

ग्रामीण परिवेशदेखि सहरी समाजसम्मका एउटा बाबुले आफ्नो काँधमा बोक्ने जिम्मेवारी र भावनात्मक सम्बन्धको कथालाई यो चलचित्रले पर्दामा उतार्ने लक्ष्य राखेको छ । निर्माण टिमका अनुसार यो एक शुद्ध सामाजिक र भावनात्मक मनोरञ्जनात्मक सिनेमा हुनेछ ।

यस चलचित्रका निर्माता वसन्त लम्साल हुन् । गायक तथा सर्जक समेत रहेका लम्सालले यस अघि अभिनेता विपिन कार्कीलाई लिएर चलचित्र ‘कर्मा निर्माण गरेका थिए ।शिवराम श्रेष्ठको सिनेमाटोग्राफी रहने चलचित्रको मुख्य सहायक निर्देशकमा तारा नाथ न्यौपाने रहेका छन् । चलचित्रको छायांकनको सम्पूर्ण कार्य सकिएपछि मात्र प्राविधिक पक्षको काम हेरेर प्रदर्शन मिति घोषणा गरिने निर्माण पक्षले जनाएको छ ।       


प्रकाशित मिति: बिहीबार, चैत २६, २०८२  ११:३६
प्रतिक्रिया दिनुहोस्
थप कला-मनोरञ्‍जन
नयाँ गीत “फोटो क्लिक” सार्वजनिक
नयाँ गीत “फोटो क्लिक” सार्वजनिक बुधबार, असार २४, २०८३
 ‘साइली’  र ‘छ लिसे'  म्युजिक भिडियो सार्वजनिक
 ‘साइली’ र ‘छ लिसे' म्युजिक भिडियो सार्वजनिक सोमबार, असार २२, २०८३
‘असारे घाँसे जुहारी’ सार्वजनिक
‘असारे घाँसे जुहारी’ सार्वजनिक सोमबार, असार २२, २०८३
कलाकारलाई प्रविधिमा पोख्त हुन सुझाव
कलाकारलाई प्रविधिमा पोख्त हुन सुझाव आइतबार, असार २१, २०८३
गम्भीर विषयमा सरल प्रस्तुति ‘गौँथली’
गम्भीर विषयमा सरल प्रस्तुति ‘गौँथली’ बिहीबार, असार १८, २०८३
 ‘माया बस्ला है’ बाेलकाे नयाँ गीत सार्वजनिक
 ‘माया बस्ला है’ बाेलकाे नयाँ गीत सार्वजनिक मंगलबार, असार १६, २०८३
‘जलाकी’को दुई पोस्टर सार्वजनिक, मंसिर ४ गते प्रदर्शनमा आउने
‘जलाकी’को दुई पोस्टर सार्वजनिक, मंसिर ४ गते प्रदर्शनमा आउने सोमबार, असार १५, २०८३
लोकप्रिय
  • Week
  • Month
 ‘साइली’  र ‘छ लिसे'  म्युजिक भिडियो सार्वजनिक
 ‘साइली’ र ‘छ लिसे' म्युजिक भिडियो सार्वजनिक
कलाकारलाई प्रविधिमा पोख्त हुन सुझाव
कलाकारलाई प्रविधिमा पोख्त हुन सुझाव
सूचनाको हकका लागि राष्ट्रिय महासंघ बागमति प्रदेशको प्रथम अधिवेशन सम्पन्न
सूचनाको हकका लागि राष्ट्रिय महासंघ बागमति प्रदेशको प्रथम अधिवेशन सम्पन्न
नेयमारद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट बिदाइको संकेत
नेयमारद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट बिदाइको संकेत
वैदेशिक रोजगारीलाई एजेण्टमुक्त बनाउने ‘अपरेसन इलिगल एजेण्ट क्लिन-अप’ अभियान
वैदेशिक रोजगारीलाई एजेण्टमुक्त बनाउने ‘अपरेसन इलिगल एजेण्ट क्लिन-अप’ अभियान
तीन म्यानपावरमाथि विभागको कारबाही
तीन म्यानपावरमाथि विभागको कारबाही
बोनको सन्देशः भूमि जोगाउने लडाइँमा महिलाको नेतृत्व र जलवायु वित्तको आवश्यकता
बोनको सन्देशः भूमि जोगाउने लडाइँमा महिलाको नेतृत्व र जलवायु वित्तको आवश्यकता
गायिका मेलिनाकाे 'कहीँ नभाको जात्रा'
गायिका मेलिनाकाे 'कहीँ नभाको जात्रा'
वैदेशिक रोजगार व्यवसायी एसोसिएसनको १३औँ साधारणसभा सम्पन्न
वैदेशिक रोजगार व्यवसायी एसोसिएसनको १३औँ साधारणसभा सम्पन्न
डंगोलको उपन्यास ‘बदलिएको आकाश’ सार्वजनिक 
डंगोलको उपन्यास ‘बदलिएको आकाश’ सार्वजनिक 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP