Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #नेपाल_विद्युत्_प्राधिकरण
  • #एडिबी
  • #बढघर
  • #पीआर एजेन्सी अफ द इयर
  • #भी-चित्र
  • #V-Chitra
  • #आईसीसी क्रिकेट विश्वकप लिग–२
  • #छायानाथ अल्ट्रा रेस
  • #धीरबहादुर बुढा
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • अमेरिका-इरान युद्धविरामले खाडी मुलुकमा रहेका नेपालीलाई राहत
अमेरिका-इरान युद्धविरामले खाडी मुलुकमा रहेका नेपालीलाई राहत
ममता थापा
ममता थापा बिहीबार, चैत २६, २०८२

 

रोजगारी गुमेका श्रमिकहरु तत्कालै आफ्नो काममा फर्किहाल्ने अवस्था देखिँदैन । युद्ध साम्य भएको अवस्थामा नेपाल फर्किन चाहने श्रमिकको उद्धार सहज हुने भएकाले यसमा ध्यान दिन आवश्यक छ ।
डा. युवराज बस्नेत
श्रमविद्

काठमाडौं- पश्चिम एसियामा जारी द्वन्द्व दुई साताका लागि रोकिएसँगै खाडी क्षेत्रमा रहेका नेपालीहरुले राहत महसुस गर्न पाउने भएका छन् । अमेरिका र इरान बुधबार दुई साताको अस्थायी युद्धविराम गर्न सहमत भएका हुन्, जसमा इजरायललेसमेत समर्थन जनाएको छ । यद्यपि, युद्धको दीर्घकालीन समाधान हुनेमा भने अनिश्चितता कायमै छ ।

पश्चिम एसियाका देशहरुमा १७ लाख २९ हजारभन्दा बढी नेपाली रहेको सरकारी तथ्यांक छ । अमेरिका र इजरायलले इरानमा आक्रमण सुरु गरेपछि इरानले खाडीका संयुक्त अरब इमिरेट्स (युएई), साउदी अरब, कुवेत, कतार, ओमान, बहराइनलगायतका मुलुकमा प्रतिआक्रमण गरेको थियो । ती देशहरुमा रहेका अमेरिकी सेनाका क्याम्पहरुलाई लक्षित गरी इरानबाट निरन्तर ड्रोन तथा मिसाइल आक्रमण हुँदा सो क्षेत्र नै तनावपूर्ण बनेको थियो । युद्ध चर्किएपछि हवाइ मार्ग अवरुद्ध भएको थियो । सुरक्षा जोखिम तथा आकस्मिक हुने गरेको आक्रमणका कारण श्रमिकहरु त्रासमा थिए । यो अवस्थामा थोरै समयका लागि भए पनि श्रमिकको दैनिकी सामान्य हुने श्रमविद् डा. युवराज बस्नेतको भनाइ छ । 

Hardik health

‘त्यहाँ रहेका श्रमिकहरुमा कताबाट बम आउँछ, कसरी काममा जाने, के हुन्छ भन्ने अवस्था थियो,’ उनले भने, ‘इजरायलमा पनि २४ घण्टा नै बंकरभित्र दौडेकोदौड्यै गर्दा हामीलाई कोभिडमा भित्रै बस्नुपर्दा कस्तो भएको थियो त्यस्तै अवस्था थियो । यो अवधिसम्मका लागि भए पनि यस्तो असुरक्षाचाहिँ महसुस गर्न नपर्ने भयो ।’

युद्धले पर्यटन, पूर्वाधार, ऊर्जा केन्द्रलगायतका क्षेत्रमा असर गर्दा धेरै श्रमिकहरुले रोजगारी गुमाएको अवस्था छ । उनीहरु आर्थिक रुपमा पनि कमजोर र असुरक्षित भएको विभिन्न अध्ययनले देखाएका छन् । युद्ध स्थगित भएसँगै अन्तर्राष्ट्रिय तेल बजारमा केही स्थिरता देखिएको छ । खाडी मुलुकको अर्थतन्त्र तेल र ग्यासमा निर्भर भएकाले यसको स्थिरताले त्यहाँको रोजगारीमा प्रत्यक्ष प्रभाव पार्ने गर्छ । यद्यपि, दुई साताको युद्धविरामले श्रमिकको रोजगारीको अवस्थामा भने कुनै परिवर्तन ल्याइहाल्ने अवस्था नरहेको श्रमविद् बस्नेतको भनाइ छ ।

‘यो युद्धले खाडी मुलुकको आर्थिक समृद्धिको पाटोमा लागेको दाग लामो समयसम्म रहिरहन्छ । असुरक्षाका कारण त्यस क्षेत्रमा लगानी हुने, ठूलो उद्योग खोल्ने क्रम घट्छ,’ उनले भने, ‘त्यहाँको पर्यटन, यातायातका केन्द्र जस्ता क्षेत्रलाई पुनः विगतकै अवस्थामा फर्काउने काम तत्कालै हुने अवस्था छैन । रोजगारी गुमेका श्रमिकहरु तत्कालै आफ्नो काममा फर्किहाल्ने अवस्था देखिँदैन । सानातिना मर्मतसम्हारका काम भने पाइन सक्छ ।’

युद्ध साम्य भएको अवस्थामा नेपाल फर्किन चाहने श्रमिकको उद्धार सहज हुने भएकाले यसमा ध्यान दिन सकिने बस्नेतको भनाइ छ । हालसम्म खाडीमा रहेका ८८ हजारभन्दा बढी श्रमिकले नेपाल फर्कन चाहेको भन्दै नाम टिपाएको परराष्ट्र मन्त्रालयको तथ्यांक छ । यद्यपि, तत्काल फर्किहाल्न पर्नेहरु भने १० हजारको हाराहारीमा रहेको जनाइएको छ । सरकारको मध्यपूर्वका सातवटा मुलुकमा पुनः श्रम स्वीकृति दिइरहेको छ । जसपश्चात् नयाँहरुलाई पनि जान दिनुपर्ने माग पनि बढेको छ । दुई हप्तापछि कस्तो अवस्था आउँछ त्यसको विश्लेषण गरेरमात्र श्रम स्वीकृति खुलाउनुपर्ने उनको सुझाव छ ।

बुधबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमा कुनै पनि आक्रमण नगर्ने घोषणा गरेका छन् भने इरानले हर्मुजको जलमार्गमा अवरोध नगर्ने र आक्रमण रोक्ने बताएको छ । गत फेबु्रअरी २८ देखि जारी युद्ध स्थगित हुने निर्णयलाई विश्वभरका मुलुकहरुले स्वागत गरेका छन् । युद्धमा प्रत्यक्ष संलग्न नभएरै पनि महŒवपूर्ण पूर्वाधार तथा उर्जा केन्द्रमाथिको आक्रमण हुँदा ठूलो क्षति व्यवहोरिरहेका खाडी राष्ट्रहरुले युद्धविरामले द्वन्द्वको अन्त्य गरोस् भन्ने कामना गरेका छन् ।
 


प्रकाशित मिति: बिहीबार, चैत २६, २०८२  १०:४०
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
भिसामा रोक लगाएसँगै जापानकोे ‘फुड सर्भिस’ क्षेत्रमा कामदार अभाव हुने अनुमान
भिसामा रोक लगाएसँगै जापानकोे ‘फुड सर्भिस’ क्षेत्रमा कामदार अभाव हुने अनुमान आइतबार, जेठ १०, २०८३
पश्चिम एसिया द्वन्द्वले विप्रेषण आप्रवाह प्रभावितः परराष्ट्र
पश्चिम एसिया द्वन्द्वले विप्रेषण आप्रवाह प्रभावितः परराष्ट्र शनिबार, जेठ ९, २०८३
कार्यक्रम र नारा हरेक वर्ष दोहोरिन्छन्, हुँदैन कार्यान्वयन
कार्यक्रम र नारा हरेक वर्ष दोहोरिन्छन्, हुँदैन कार्यान्वयन शुक्रबार, जेठ ८, २०८३
खाडी मुलुकमा घरेलु कामदार पठाउनेबारे संसदीय समितिको निर्देशन कुर्दै मन्त्रालय
खाडी मुलुकमा घरेलु कामदार पठाउनेबारे संसदीय समितिको निर्देशन कुर्दै मन्त्रालय बिहीबार, जेठ ७, २०८३
वैदेशिक रोजगारीका क्षेत्रमा हुने ठगी नियन्त्रण गरिनेछ : श्रममन्त्री यादव
वैदेशिक रोजगारीका क्षेत्रमा हुने ठगी नियन्त्रण गरिनेछ : श्रममन्त्री यादव बुधबार, जेठ ६, २०८३
 लट्री आउट उम्मेदवारले अब नयाँ विज्ञापन कुर्नुपर्ने, इजरायलले तत्काल लैजान नसकिने
 लट्री आउट उम्मेदवारले अब नयाँ विज्ञापन कुर्नुपर्ने, इजरायलले तत्काल लैजान नसकिने बुधबार, जेठ ६, २०८३
रोजगारी खोज्दै १० महिनामा साढे छ लाखभन्दा बढी युवा विदेसिए
रोजगारी खोज्दै १० महिनामा साढे छ लाखभन्दा बढी युवा विदेसिए मंगलबार, जेठ ५, २०८३
लोकप्रिय
  • Week
  • Month
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
आन्दोलनको तयारीमा वैदेशिक रोजगार व्यवसायी
आन्दोलनको तयारीमा वैदेशिक रोजगार व्यवसायी
भक्तपुरको  हाईल्याण्ड रिसोर्ट  साटा अवार्ड २०२६ का लागि मनोनयनमा
भक्तपुरको हाईल्याण्ड रिसोर्ट साटा अवार्ड २०२६ का लागि मनोनयनमा
कविता सङ्ग्रह ‘द काष्ट अफ फ्लावर्स’ बजारमा
कविता सङ्ग्रह ‘द काष्ट अफ फ्लावर्स’ बजारमा
लगातार चार दिन सार्वजनिक बिदा
लगातार चार दिन सार्वजनिक बिदा
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP