काठमाडाैं - नेपाल टेलिकमले एसईई विद्यार्थीहरुलाई एसईई अफर २०८२ ल्याएको छ । नेपाल टेलिकमले २०८२ सालको एसईई परीक्षामा सहभागी परीक्षार्थीहरुका लागि एसईई अफर २०८२ सार्वजनिक गरेकाे हाे ।
यस अफर अन्तर्गत विद्यार्थीहरुलाई नयाँ सिमकार्ड उपलब्ध गराइने छ भने पहिले नै नेपाल टेलिकमको सिम प्रयोग गरिरहेका विद्यार्थीहरुले समेत सोही नम्बरमा उक्त अफर प्राप्त गर्न सक्ने छन् । एसईई अफर बिहिबारदेखि सुरु भएको छ र आगामी २०८३ असार २६ गतेसम्म उपलब्ध हुने टेलिकमले जनाएकाे छ ।
टेलिकमकाअनुसार लागि रु. २० मा नयाँ सिमकार्ड नेपाल टेलिकमका देशभरका कार्यालयहरुबाट उपलब्ध हुनेछ । सिमकार्ड सक्रिय गरिसकेपछि ३० दिनसम्मका लागि विभिन्न अफरहरु उपलब्ध हुनेछन् । नयाँ सिमकार्डमा मेन व्यालेन्सको रुपमा उपलब्ध हुने रु. ९.८० बाट जुनसुकै नेटवर्कमा कल गर्न, एसएमएस पठाउन वा डाटा चलाउन सकिने टेलिकमले जनाएकाे छ ।
यसमा एसईई प्याकेज २०८२ अन्तर्गत ३० दिन सम्मका लागि प्रतिदिन नेपाल टेलिकमको नेटवर्कभित्र कुराकानी गर्न २० मिनेट अन–नेट भ्वाइस, १० वटा अन–नेट एसएमएस र ५०० एमबी डाटा समेत उपलब्ध हुनेछ भने प्रत्येक दिन प्राप्त हुने सेवा सोही दिनका लागि मात्र कायम रहनेछ ।
अफरअन्तर्गत उपलब्ध हुने बोनस अन रिचार्जमा रु. ५० वा सोभन्दा बढी रकम रिचार्ज गर्दा प्रत्येक रिचार्जमा जुनसुकै समयमा ५०० एमबी डाटा चलाउन, नेपाल टेलिकमकै नेटवर्क भित्र ५० मिनेट कल गर्न र ५० वटा अन–नेट एसएमएस पठाउन सकिने बोनस सुविधा समेत उपलब्ध हुनेछ । रिचार्जमा प्राप्त हुने बोनस प्राप्त भएको तीन दिनभित्र प्रयोग गरिसक्नु पर्ने टेलिकमले जनाएकाे छ ।
नयाँ सिम प्राप्त गर्नका लागि
- परीक्षार्थीले एसईईको प्रवेश पत्र (Admit Card)वा कक्षा १० को मार्कसिटको फोटोकपी, एकप्रति फोटो र आफ्नो वा अभिभावकको नागरिकता, राष्ट्रिय परिचयपत्र लगायतका सरकारी परिचयपत्रको फोटोकपी संलग्न गरी फाराम भर्नुपर्नेछ । साथै सिमकार्ड सक्रिय गर्नका लागि स्वयंले *1414# डायल गर्नुपर्नेछ । सो पश्चात् अफर प्राप्त गर्नका लागि *1600# डायल गरी निर्देशन अनुसार गर्नुपर्नेछ ।
- पहिले नै प्रयोग भइरहेको सिममा समेत*1600# डायल गरी प्राप्त निर्देशन अनुसार अंग्रेजी अल्फाबेट बाहेक एसईईको सिम्बोल नम्बर(SEE Symbol Number Without Alphabetटाइप गरी सेन्ड गर्ने ।
- विक्रम संवतमा जन्म मिति (Date Of Birth - DOB) टाइप गरी क्भलम गर्ने, DOB टाइप गर्दा YYMMDD Format मा टाइप गर्नुपर्नेछ ।
सबै तथ्यांक प्रमाणिकरणपश्चात अफर उपलब्ध टेलिकमले जनाएकाे छ । गत वर्ष समेत कम्पनीले विद्यार्थीहरुलाई यस प्रकारको अफर उपलब्ध गराएको र विद्यार्थीहरुको बढ्दो आकर्षणलाई मध्यनजर गर्दै यसलाई निरन्तरता दिइएको हो । यसबाट विद्यार्थी वर्ग लाभान्वित हुने कम्पनीको अपेक्षा छ ।