काठमाडौं - चलचित्र कलाकार संघको निर्वाचन स्थगित भएको छ । चैत २८ गतेका लागि तोकिएको निर्वाचन स्थगन गरिएको हो ।
संघको तर्फबाट प्रमाणित नामावली निर्वाचन समितिलाई उपलब्ध गराउन नसकिएका कारण पूर्वनिधारित समयमा साधारणसभा गराउन नसकिएको संघका अध्यक्ष मोहन निरौलाले बताएका छन् ।
चैत २८ गते संघको साधारणसभा र नयाँ कार्यसमितिको निर्वाचन हुने कार्यतालिका थियो । अर्को सूचना नहुँदासम्मका लागि साधारणसभा र निर्वाचन नहुने अध्यक्ष निरौलाले जानकारी दिएका छन् ।
आउँदो कार्यकालका लागि संघको अध्यक्षमा उत्तम केसी, सवीन श्रेष्ठलगायत कलाकारले दाबी गरिरहेका छन् ।