Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #प्रथम_अधिवेशन
  • #सूचनाको हकका लागि राष्ट्रिय महासंघ बागमति प्रदेश
  • #फिफा विश्वकप २०२६
  • #ईपीएस
  • #दक्षिण कोरिया
  • #फाराम_शुल्क_वृद्धि
  • #दक्षिण एसियाली शारीरिक सुगठन तथा फिजिक स्पोर्ट्स
  • #Farmer's market
  • #गोकर्णेश्वर_नगरपालिका
Search Here
समाचार
  • Home
  • समाचार
  • निफमा ‘रसियन फिल्म डेज’को उद्घाटन, अन्तरिक्षमा खिचिएको पहिलो फिल्म पनि देखाइने
निफमा ‘रसियन फिल्म डेज’को उद्घाटन, अन्तरिक्षमा खिचिएको पहिलो फिल्म पनि देखाइने
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, चैत २०, २०८२

काठमाडौं - नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) अन्तर्गत रसियन फिल्म डेजको औपचारिक उद्घाटन भएको छ ।
कमलपोखरीस्थित रसियन हाउसमा शुक्रबार बिहान विशेष अतिथि नेपालका लागि रसियन मिनिस्टर काउन्सिलर चार्ज डी अफेयर्स रिनचिन सक्साएब र नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव देवेन्द्रकुमार काफ्लेको उपस्थितिमा उद्घाटन कार्यक्रम भएको हो ।

रसियन मिनिस्टर काउन्सिलर चार्ज डी अफेयर्स सक्साएब शुभकामना मन्तव्य दिँदै समाजमा चलिचत्रको प्रभाव विशेष रहने र चलिचत्र उद्योग बीचका व्यक्तिहरूबीच पनि सद्भाव कायम राख्न जोड दिए । यसका लागि रसियन फिल्म डेजले निरन्तर प्रयास गर्दै आएको उनले बताए । उनले निफ नवौं संस्करणको उद्घाटन कार्यक्रम नेपालको पहिलो रङ्गिन फिल्म ‘कुमारी’का निर्देशक,  नायिका र छायाकारसँग भेटेर विशेष अनुभव बटुलेकोसमेत सेयर गरे ।
 
नेपाल र रूसको मित्रता भएको ७० वर्षको अवसरमा पारेर निफसँग रसियन फिल्म डेजले गरेको सहकार्यले विशेष अर्थ राख्ने ललितकलाका सदस्य सचिव देवेन्द्रकुमार काफ्लेले बताए । उनले यस कार्यक्रमलाई सफलताको शुभकामना दिए ।कार्यक्रमका दुई सभाध्यक्ष मध्येकी अनास्थासिया खक्खलोभाले निफ र रसियन हाउसको सहकार्यमा भइरहेको चलचित्र महोत्सवको तथा रसियन हाउसमै निफ अन्तर्गत भइरहेको एआई फिल्म वर्कसपमा सहभागी हुन सम्पूर्णमा आग्रह गरिन् ।
 
यस कार्यक्रमका सभाध्यक्ष समेत रहेका निफका अध्यक्ष केपी पाठकले स्वागत मन्तव्य दिँदै निफ र रसियन फिल्म डेजको सहकार्यकले दुई देशको सम्बन्ध थप प्रगाढ हुने विश्वास व्यक्त गरे । फिल्म ‘अगस्ट’ प्रदर्शन गरी यस कार्यक्रमलाई अगाडि बढाइएको छ । यस ऐतिहासिक र थ्रिलर जनरामा बनेको फिल्म ‘अगस्ट’ दोस्रो विश्वको अन्तिमतिरको घटनामा आधारित छ । शत्रुलाई परास्त गर्न युद्धमा अगाडि बढेको सोभियत संघको रेड आर्मीलाई पछाडिबाट हुनसक्ने आक्रमण रोक्न ‘काउन्टर इन्टेलिजेन्स एजेन्सी’ले गरेको संघर्षको घटनामा आधारित रहेर यो फिल्म बनेको छ । इल्या लेबेदेव र निकिता वैसोत्स्कीले यो फिल्म संयुक्तरुपमा निर्देशन गरेका हुन् ।

रसियन फिल्म डेज अन्तर्गत ‘द च्यालेन्ज’, ‘द डिनो प्यामिली’ र ‘अल रङ गर्ल’ पनि प्रदर्शन हुनेछन् । अन्तरिक्षको घटनामा बनेको क्लिम शिपेन्कोद्वारा निर्देशित फिल्म ‘द च्यालेन्ज’ अन्तरिक्षमा छायाङ्नक भएको पहिलो फिल्म हो । एक चिकित्सक अन्तरिक्ष स्टेसनमा पुगेर त्यहाँका बिरामीको शल्यक्रिया गर्नुपर्ने जटिल र साहासिक कथामा यो फिल्म बनेको छ । शून्य गुरुत्वाकर्षणमा गरिने शल्यक्रियाले यो फिल्मलाई रोचक बनाएको छ ।

Hardik health

एडभेन्चर र पारिवारिक जनरामा बनेको फिल्म ‘द डिनो प्यामिली’को निर्देशक म्याक्सिम भोल्कोभ हुन् । एक किशोरी झुक्किएर डाइनोसर युगमा पुगेपछि जीवन रक्षाका लागि भिमकाय जनावरसँग गरेको द्वन्द्वको कथा यस फिल्ममा प्रस्तुत गरिएको छ । इभानोभा लेक्जान्ड्राद्वारा निर्देशित ‘अल रङ गर्ल’ले ‘बुलिङ’को मुद्दा उठान गरेको छ । १० कक्षामा पढ्ने किशोरी मोटोपनका कारण आफ्नो एकतर्फी प्रेमीका अगाडि अपमानित भएपछि उनले गर्ने विद्रोहको कथा फिल्ममा समेटिएको छ । यी फिल्महरू रसियन हाउसमा निशुल्क हेर्न पाइनेछ ।


प्रकाशित मिति: शुक्रबार, चैत २०, २०८२  १४:५२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नयाँ गीत “फोटो क्लिक” सार्वजनिक
नयाँ गीत “फोटो क्लिक” सार्वजनिक बुधबार, असार २४, २०८३
 ‘साइली’  र ‘छ लिसे'  म्युजिक भिडियो सार्वजनिक
 ‘साइली’ र ‘छ लिसे' म्युजिक भिडियो सार्वजनिक सोमबार, असार २२, २०८३
‘असारे घाँसे जुहारी’ सार्वजनिक
‘असारे घाँसे जुहारी’ सार्वजनिक सोमबार, असार २२, २०८३
कलाकारलाई प्रविधिमा पोख्त हुन सुझाव
कलाकारलाई प्रविधिमा पोख्त हुन सुझाव आइतबार, असार २१, २०८३
गम्भीर विषयमा सरल प्रस्तुति ‘गौँथली’
गम्भीर विषयमा सरल प्रस्तुति ‘गौँथली’ बिहीबार, असार १८, २०८३
 ‘माया बस्ला है’ बाेलकाे नयाँ गीत सार्वजनिक
 ‘माया बस्ला है’ बाेलकाे नयाँ गीत सार्वजनिक मंगलबार, असार १६, २०८३
‘जलाकी’को दुई पोस्टर सार्वजनिक, मंसिर ४ गते प्रदर्शनमा आउने
‘जलाकी’को दुई पोस्टर सार्वजनिक, मंसिर ४ गते प्रदर्शनमा आउने सोमबार, असार १५, २०८३
लोकप्रिय
  • Week
  • Month
 ‘साइली’  र ‘छ लिसे'  म्युजिक भिडियो सार्वजनिक
 ‘साइली’ र ‘छ लिसे' म्युजिक भिडियो सार्वजनिक
कलाकारलाई प्रविधिमा पोख्त हुन सुझाव
कलाकारलाई प्रविधिमा पोख्त हुन सुझाव
सूचनाको हकका लागि राष्ट्रिय महासंघ बागमति प्रदेशको प्रथम अधिवेशन सम्पन्न
सूचनाको हकका लागि राष्ट्रिय महासंघ बागमति प्रदेशको प्रथम अधिवेशन सम्पन्न
नेयमारद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट बिदाइको संकेत
नेयमारद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट बिदाइको संकेत
वैदेशिक रोजगारीलाई एजेण्टमुक्त बनाउने ‘अपरेसन इलिगल एजेण्ट क्लिन-अप’ अभियान
वैदेशिक रोजगारीलाई एजेण्टमुक्त बनाउने ‘अपरेसन इलिगल एजेण्ट क्लिन-अप’ अभियान
तीन म्यानपावरमाथि विभागको कारबाही
तीन म्यानपावरमाथि विभागको कारबाही
बोनको सन्देशः भूमि जोगाउने लडाइँमा महिलाको नेतृत्व र जलवायु वित्तको आवश्यकता
बोनको सन्देशः भूमि जोगाउने लडाइँमा महिलाको नेतृत्व र जलवायु वित्तको आवश्यकता
गायिका मेलिनाकाे 'कहीँ नभाको जात्रा'
गायिका मेलिनाकाे 'कहीँ नभाको जात्रा'
वैदेशिक रोजगार व्यवसायी एसोसिएसनको १३औँ साधारणसभा सम्पन्न
वैदेशिक रोजगार व्यवसायी एसोसिएसनको १३औँ साधारणसभा सम्पन्न
डंगोलको उपन्यास ‘बदलिएको आकाश’ सार्वजनिक 
डंगोलको उपन्यास ‘बदलिएको आकाश’ सार्वजनिक 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP