Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #नेपाल_विद्युत्_प्राधिकरण
  • #एडिबी
  • #बढघर
  • #पीआर एजेन्सी अफ द इयर
  • #भी-चित्र
  • #V-Chitra
  • #आईसीसी क्रिकेट विश्वकप लिग–२
  • #छायानाथ अल्ट्रा रेस
  • #धीरबहादुर बुढा
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • आठ महिनामा भित्रियो साढे १४ खर्ब 
फागुनसम्मको रेमिट्यान्समा देखिएन युद्धको असर आठ महिनामा भित्रियो साढे १४ खर्ब 
ममता थापा
ममता थापा शुक्रबार, चैत २०, २०८२

 

  • गत साउनदेखि फागुनसम्मको अवधिमा विप्रेषण आप्रवाह ३७.७ प्रतिशतले वृद्धि भइ १४ खर्ब ४९ अर्ब ६५ करोड पुगेको छ
  • फागुनमा मात्र एक खर्ब ८८ अर्ब ६४ करोड विप्रेषण भित्रिएको छ । अघिल्लो आर्थिक वर्षको सोही महिनामा एक खर्ब ५१ अर्ब १९ करोड विप्रेषण प्राप्त भएको थियो
  • गत फागुन १६ गतेबाट सुरु भएको अमेरिका-इजरायल र इरानबिचको द्वन्द्वका कारण खाडी मुलुकको वैदेशिक रोजगारी बन्द भएको छ

काठमाडौं- फागुन महिनासम्मको विप्रेषण (रेमिट्यान्स) आप्रवाहमा खाडीमा जारी युद्धको असर नपरेको पाइएको छ । हाल खाडीको रोजगारी बन्द हुँदा रेमिट्यान्स घट्ने आँकलन गरिए पनि नेपाल राष्ट्र बैंकले बिहीवार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तिय स्थितिले मुलुक भित्रने रकममा प्रभाव नपारेको देखाएको छ ।

राष्ट्र बैंकको प्रतिवेदनका अनुसार चालु आर्थिक वर्ष २०८२/८३को आठ महिनामा १४ खर्बभन्दा बढी रेमिट्यान्स भित्रिएको हो । गत साउनदेखि फागुनसम्मको अवधिमा विप्रेषण आप्रवाह ३७.७ प्रतिशतले वृद्धि भइ १४ खर्ब ४९ अर्ब ६५ करोड पुगेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ९.५ प्रतिशतले बढेको थियो । फागुनमा मात्र एक खर्ब ८८ अर्ब ६४ करोड विप्रेषण भित्रिएको छ । अघिल्लो आर्थिक वर्षको सोही महिनामा एक खर्ब ५१ अर्ब १९ करोड विप्रेषण प्राप्त भएको थियो । गत फागुन १६ गतेबाट सुरु भएको अमेरिका–इजरायल र इरानबिचको द्वन्द्वका कारण खाडी मुलुकको वैदेशिक रोजगारी बन्द भएको छ । खाडीमा कार्यरतमध्ये कतिपयले रोजगारी गुमाएको, बेतलवी बिदामा बसेको, मूल्यबृद्धिका कारण दैनिक खर्च बढेकाजस्ता समस्या झेलीरहेको खबरहरु आएका छन् । श्रमिकको रोजगारी प्रभावित हुँदा मुलुकको विप्रेषण आप्रवाह घट्ने बताइए पनि गत महिनासम्म विप्रेषणमा कमी आएको छैन । 

Hardik health

यो आठ महिनामा दुई लाख ७३ हजार ५३६ जना संस्थागत र व्यक्तिगत रुपमा श्रम स्वीकृति लिएर पहिलोचोटि रोजगारीमा गएका छन् । त्यस्तै, श्रम स्वीकृति नवीकरण गरेर दुई लाख ५१ हजार ९८५ जना गएका छन् । यस अवधिमा कुल पाँच लाख २५ हजार ५२१ जना रोजगारीमा गएको देखिन्छ । जुन अघिल्लो आर्थिक वर्षको यसै अवधिको तुलनामा केही कम हो । अघिल्लो वर्षको फागुनमा पहिलोपटक तीन लाख १७ हजार ६८ र श्रम स्वीकृति नवीकरण गरेर दुई लाख १७ हजार ४०३ जना गरी कुल पाँच लाख ३४ हजार ४७१ जना गएका थिए । यस आर्थिक वर्षमा तीन महिनाभन्दा धेरै प्रमुख रोजगार गन्तव्य संयुक्त अरब इमिरेट्स (यूएई)को रोजगारी बन्द हुनु र गत फागुनबाट सुरु भएको युद्धका कारण रोजगारीमा जानेहरुको संख्यामा केही कमी आएको देखिन्छ । 

समीक्षा अवधिमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह ३१.० प्रतिशतले वृद्धि भइ १० खर्ब १५ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ७.१ प्रतिशतले बढेको थियो ।  चालु आर्थिक वर्षको साउनमा एक खर्ब ७७ अर्ब ४१ करोड, भदौमा एक खर्ब ७४ अर्ब ६७ करोड, असोजमा दुई खर्ब एक अर्ब २२ करोड, कात्तिक एक खर्ब ३३ अर्ब ८२ करोड, मंसिरमा एक खर्ब ८३ अर्ब १८ करोड, पुसमा एक खर्ब ९२ अर्ब ६२ करोड र माघमा एक खर्ब ९८ अर्ब आठ करोड रेमिट्यान्स भित्रिएको छ । यस आर्थिक वर्षमा सबैभन्दा धेरै असोज र सबैभन्दा कम कात्तिकमा रेमट्यान्स आएको छ । 

राष्ट्र बैंकको प्रतिवेदनमा वैधानिक माध्यमबाट आएको रकम मात्र समावेश हुन्छ । पछिल्लो समय रोजगारीमा जानेहरुका साथै विदेशमै लामो समयसम्म बस्नेकोे संख्या बढ्नु, वैधानिक माध्यमबाट पैसा पठाउने प्रवृत्तिमा सुधार, सीपयुक्त भएर जानेहरु बढ्नु, वित्तिय साक्षेरताजस्ता कारणले केही वर्ष अघिको तुलनामा विपे्रषण आप्रवाह बढेको पाइन्छ । 


 


प्रकाशित मिति: शुक्रबार, चैत २०, २०८२  ११:२७
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
भिसामा रोक लगाएसँगै जापानकोे ‘फुड सर्भिस’ क्षेत्रमा कामदार अभाव हुने अनुमान
भिसामा रोक लगाएसँगै जापानकोे ‘फुड सर्भिस’ क्षेत्रमा कामदार अभाव हुने अनुमान आइतबार, जेठ १०, २०८३
पश्चिम एसिया द्वन्द्वले विप्रेषण आप्रवाह प्रभावितः परराष्ट्र
पश्चिम एसिया द्वन्द्वले विप्रेषण आप्रवाह प्रभावितः परराष्ट्र शनिबार, जेठ ९, २०८३
कार्यक्रम र नारा हरेक वर्ष दोहोरिन्छन्, हुँदैन कार्यान्वयन
कार्यक्रम र नारा हरेक वर्ष दोहोरिन्छन्, हुँदैन कार्यान्वयन शुक्रबार, जेठ ८, २०८३
खाडी मुलुकमा घरेलु कामदार पठाउनेबारे संसदीय समितिको निर्देशन कुर्दै मन्त्रालय
खाडी मुलुकमा घरेलु कामदार पठाउनेबारे संसदीय समितिको निर्देशन कुर्दै मन्त्रालय बिहीबार, जेठ ७, २०८३
वैदेशिक रोजगारीका क्षेत्रमा हुने ठगी नियन्त्रण गरिनेछ : श्रममन्त्री यादव
वैदेशिक रोजगारीका क्षेत्रमा हुने ठगी नियन्त्रण गरिनेछ : श्रममन्त्री यादव बुधबार, जेठ ६, २०८३
 लट्री आउट उम्मेदवारले अब नयाँ विज्ञापन कुर्नुपर्ने, इजरायलले तत्काल लैजान नसकिने
 लट्री आउट उम्मेदवारले अब नयाँ विज्ञापन कुर्नुपर्ने, इजरायलले तत्काल लैजान नसकिने बुधबार, जेठ ६, २०८३
रोजगारी खोज्दै १० महिनामा साढे छ लाखभन्दा बढी युवा विदेसिए
रोजगारी खोज्दै १० महिनामा साढे छ लाखभन्दा बढी युवा विदेसिए मंगलबार, जेठ ५, २०८३
लोकप्रिय
  • Week
  • Month
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
आन्दोलनको तयारीमा वैदेशिक रोजगार व्यवसायी
आन्दोलनको तयारीमा वैदेशिक रोजगार व्यवसायी
भक्तपुरको  हाईल्याण्ड रिसोर्ट  साटा अवार्ड २०२६ का लागि मनोनयनमा
भक्तपुरको हाईल्याण्ड रिसोर्ट साटा अवार्ड २०२६ का लागि मनोनयनमा
कविता सङ्ग्रह ‘द काष्ट अफ फ्लावर्स’ बजारमा
कविता सङ्ग्रह ‘द काष्ट अफ फ्लावर्स’ बजारमा
लगातार चार दिन सार्वजनिक बिदा
लगातार चार दिन सार्वजनिक बिदा
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP