Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #भेप_हानिकारक
  • #बादल’
  • #हर्क सम्पाङ राई
Search Here
कला-मनोरञ्‍जन
  • Home
  • कला-मनोरञ्‍जन
  • ‘रोल नं १’को पहिलो झलक सार्वजनिक
‘रोल नं १’को पहिलो झलक सार्वजनिक
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, चैत १९, २०८२

काठमाडौं - चलचित्र ‘रोल नं १’ को पहिलो झलक सार्वजनिक गरिएको छ । निर्माण कम्पनी सेभेन सिज सिनेमाले आफ्नो नयाँ प्रस्तुति चलचित्र ‘रोल नं १’को पहिलो झलक सार्वजनिक गरेको हो ।आगामी वर्षको जेठ १५ गते (गणतन्त्र दिवस)बाट नेपालभरका हलमा प्रदर्शनमा आउने चलचित्रको निर्माणपक्षले विहीबार चलचित्रका दुईवटा पोस्टर सार्वजनिक गरेको हो ।

चलचित्र ‘रोल नं. १’का सार्वजनिक दुई पोस्टरले पात्रहरूको परिचयसँगै चलचित्रको मूल मर्म, नेपाली समाजको यथार्थप्रतिको दृष्टिकोणलाई प्रस्तुत गर्ने प्रयास गरेको छ । पोस्टरमा प्रयोग गरिएको माटोको रङले भुइँमान्छेको भएको संकेत गरेको छ ।

सार्वजनिक दुई पोस्टरमध्ये एउटामा बाल–कलाकार निर्भिक रेग्मीसँगै चलचित्रका मुख्य पात्र अभिनेता मुकुन भुसाल र अभिनेत्री रेणु योगी ग्रामीण परिवेशको पहिरनमा देखिएका छन् । उनीहरूको भेषभुषाले चलचित्र उनीहरूले जीवन जिउनका लागि गरिरहेको संघर्षलाई चित्रण गरेको छ । अभावमा पनि छोरालाई पढाइरहेको पोस्टरले देखाएको छ । पहिलो पोस्टरमा बालकको अनुहारमा देखिएको मन्दमन्द खुसी र पछाडि देखिएको पहाडी भेगको विद्यालयले शिक्षा र ग्रामीण जीवनको कथा सिनेमाले उठान गर्ने प्रस्ट पारेको छ, जुन सिनेमाको टाइटलले पनि बताइसकेको छ ।

उक्त पोस्टरमा बालकको अनुहारमा निर्दोष मुस्कान छ । उसले स्वीटर र सर्ट लगाएर झोला बोकेको छ, जुन उसको विद्यार्थी परिचय हो । ऊ परिवारको आशाको केन्द्रविन्दु हो भन्ने कुरा यसले प्रस्ट पार्छ । बालकको पछाडि रहेकी आमाले थाप्लोमा कालो कराइ राखेकी छिन् र बुबाले दमाहा बाजा भिरेका छन् । पृष्ठभूमिमा एउटा पहाडी सरकारी विद्यालयको भवन देखिन्छ । टाढा रहेको विद्यालयले शिक्षासम्मको पहुँच अझै पनि ग्रामीण जनताका लागि पहुँच बाहिर रहेको संकेत गर्छ । आमा–बुबाको मैलो लुगा र अनुहारले उनीहरू दिनभर श्रम गरेर छोराको ‘रोल नं १’ को सपना साकार पार्न लागिपरेका छन् भन्ने बुझाउँछ ।

Hardik health

अर्को पोस्टरमा बालक आफ्ना बुबाको पिठ्युँमा टाउको राखेर सुतेको भावनात्मक दृश्य छ । बालकको अनुहारमा देखिएको खुसी र पछाडि देखिएको पहाडी भेग छ । जहाँ, बालकको टाउकोमुनि र उसको बुवाको टाउको माथि कपी छ । यसले विद्यार्थीका लागि आवश्यक पठन सामग्री ग्रामीण विद्यार्थी र अभिभावको शिक्षाको सपनाको बाधक बनिरहेका छन् भन्ने संकेत गरिरहेको छ । पठन सामग्री जुटाउन ग्रामीण अभिभावकलाई कति कठिन छ भन्ने यो पोस्टरको देखाउने प्रयास गरेको छ । यो कपीले बालकको सपना र बुबाको जिम्मेवारीलाई जोडेको छ ।

बुबाको पिठ्युँलाई यहाँ केवल शारीरिक सहाराका रूपमा मात्र होइन, बालकको भविष्यको आधारशिलाका रूपमा प्रस्तुत गरिएको छ । बुबाको थकित अनुहार र आँखामा देखिएको संघर्षले सन्तानलाई पढाउन एक अभिभावकले गर्ने त्यागलाई झल्काउँछ । बाको आँखामा थकाइ र केही हदसम्म डर देखिन्छ । आफ्नो सन्तानको भविष्य सुनिश्चित गर्न सक्छु कि सक्दिन भन्ने चिन्ता बुबाको आंखामा देखिन्छ । तर, बालकको शान्त मुद्राले बुबाप्रतिको पूर्ण भरोसालाई दर्शाउँछ ।

चलचित्रको ट्यागलाइन ‘हरेक विद्यार्थीको कथा’ राखिएको छ, जसले यो सिनेमा विद्यार्थी जीवन, विद्यालयको संघर्ष र शैक्षिक सपनामा केन्द्रित रहेको प्रस्ट पार्छ ।  नेपालका आम गाउँका विद्यार्थीहरूको साझा भोगाइ हो भन्ने दाबी गर्छ । चलचित्रको शीर्षक ‘रोल नं १’ ले प्रतिस्पर्धाको कुरा गर्छ, तर पोस्टरले त्यो ‘१’ अंक हासिल गर्न एउटा निम्मवर्गीय परिवारले कति ठूलो मूल्य चुकाउनुपर्छ भन्ने देखाउँछ ।

गत वर्ष सार्वजनिक गरिएको चलचित्रको फर्स्टलुक पोस्टरमा एउटा बालकले कक्षाकोठामा हात उठाएर आफ्नो उपस्थिति जनाइरहेको दृश्यले पनि धेरैको ध्यान खिचेको थियो । बक्स अफिसमा ऐतिहासिक सफलता हात पारेको ‘पूर्ण बहादुरको सारङ्गी’को टिमले बनाएको सिनेमा भएकाले र पोस्टरमा देखिएको ‘इमोसनल टोन’ले दर्शकलाई चलचित्रप्रति भावनात्मक रूपमा पहिल्यै जोड्ने निश्चित छ ।

जोन योञ्जनको निर्देशनमा तयार भएको चलचित्रमा मुकुन भुसाल, सुशांक मैनाली, रेणु योगी, सिर्जना अधिकारी मुख्य भूमिकामा छ । चलचित्रको बाल–कलाकारमा निर्भिक रेग्मी, रिन्चेन लामा, संयम कटुवाल, सिजल श्रेष्ठ रहेका छन् ।

विनोद पौडेल र जान्वी पौडेल निर्मातामा रहेको चलचित्रको सह–निर्मातामा छत्रमाया गिरी र रमेश चौलागाईं छन् ।यस चलचित्रलाई महेश दवाडीले लेखेका हुन् । हिमाली जिल्ला म्याग्दीका विभिन्न रमणीय तथा ग्रामीण भेगहरूमा छायांकन गरिएको यो सिनेमाको डीओपी शिव राम श्रेष्ठ रहेका छन् ।

चलचित्रमा प्रशान्त शिवाकोटीको संगीत, रोहित शाक्यको विजिएम, फिरोड खड्का चिफ एडी, प्रोडक्सन डिजाइनरमा कला संग्रौला र प्रोडक्सन हेड मनोज जोशी रहेका छन् । चलचित्रका सम्पादक मदन घिमिरे हुन् । निर्माता पौडेलका अनुसार यो चलचित्र नेपालका साथै विदेशमा पनि एकसाथ प्रदर्शनमा ल्याइने छ । चलचित्रलाई रिच इन्टरटेन्मेन्ट र जे एम सिनेमाले वितरण गर्ने जिम्मा लिएको छ ।
 


प्रकाशित मिति: बिहीबार, चैत १९, २०८२  १२:०३
प्रतिक्रिया दिनुहोस्
थप कला-मनोरञ्‍जन
चलचित्र कलाकार संघको निर्वाचन स्थगित
चलचित्र कलाकार संघको निर्वाचन स्थगित सोमबार, चैत २३, २०८२
‘नेपाल ग्रामीण चलचित्र महोत्सव’को पाँचौँ संस्करण हुँदै
‘नेपाल ग्रामीण चलचित्र महोत्सव’को पाँचौँ संस्करण हुँदै आइतबार, चैत २२, २०८२
निफमा ‘रसियन फिल्म डेज’को उद्घाटन, अन्तरिक्षमा खिचिएको पहिलो फिल्म पनि देखाइने
निफमा ‘रसियन फिल्म डेज’को उद्घाटन, अन्तरिक्षमा खिचिएको पहिलो फिल्म पनि देखाइने शुक्रबार, चैत २०, २०८२
 डाक्टर दम्पतीको रोमान्टिक गीत ‘सधैं साथमा तिम्रो’  सार्वजनिक
 डाक्टर दम्पतीको रोमान्टिक गीत ‘सधैं साथमा तिम्रो’ सार्वजनिक बुधबार, चैत १८, २०८२
चलचित्र ‘एक मुठ्ठी बादल’को गीत ‘रेल घुम्यो घुम्तीमा’ सार्वजनिक
चलचित्र ‘एक मुठ्ठी बादल’को गीत ‘रेल घुम्यो घुम्तीमा’ सार्वजनिक बुधबार, चैत १८, २०८२
फिल्म ‘नाक्छोङ’ हङकङमा प्रदर्शन हुने
फिल्म ‘नाक्छोङ’ हङकङमा प्रदर्शन हुने मंगलबार, चैत १७, २०८२
लोकप्रिय
  • Week
  • Month
एसइई परीक्षाको सेरोफेरो
एसइई परीक्षाको सेरोफेरो
महालक्ष्मी क्यालेन्डर २०८३ को डिजिटल संस्करण सार्वजानिक
महालक्ष्मी क्यालेन्डर २०८३ को डिजिटल संस्करण सार्वजानिक
सरकारी सञ्चार माध्यमले मात्र सूचना प्रकाशन–प्रसारण  गर्न पाउने, निजीलाई बन्देज
सरकारी सञ्चार माध्यमले मात्र सूचना प्रकाशन–प्रसारण गर्न पाउने, निजीलाई बन्देज
आदिवासी जनजाती महिला महासंघकाे अध्यक्षमा शाेभा  सुनुवार निर्वाचित
आदिवासी जनजाती महिला महासंघकाे अध्यक्षमा शाेभा सुनुवार निर्वाचित
स्वास्थ्य परीक्षणकाे सिन्डिकेट खारेज
स्वास्थ्य परीक्षणकाे सिन्डिकेट खारेज
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP