Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #लोचाखोला
  • #रावाबेँसी
  • #हौँचुर
  • #भेप_हानिकारक
  • #सीता वादी
  • #सोविता गौतम
  • #गीता_चौधरी
  • #बादल’
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • वैदेशिक रोजगारीमा जानेलाई निःशुल्क अभिमुखीकरण दिने तयारी
वैदेशिक रोजगारीमा जानेलाई निःशुल्क अभिमुखीकरण दिने तयारी
ममता थापा
ममता थापा बिहीबार, चैत १९, २०८२
  • मन्त्रालयको निर्देशनपछि आवश्यक गृहकार्य अगाडि बढाइएको बोर्डका कार्यकारी निर्देशक द्धारिका उप्रेतीको भनाइ
  • वैदेशिक रोजगारीका लागि जाने सबै कामदार प्रविधिको पहुँचमा नभएकाले ‘भर्चुअल तालिम’ सबैका लागि प्रभावकारी नहुने व्यवसायीको दाबी

काठमाडौं- सरकारले रोजगारीमा जाने श्रमिकलाई दिइने निःशुल्क अभिमुखीकरण तालिम दिन गृहकार्य सुरु गरेको छ । रोजगारीमा जाने श्रमिकले लिँदै आएको पूर्वप्रस्थान अभिमुखीकरणलाई अनलाइन प्रणालीबाट सञ्चालन गर्नका लागि आवश्यक योजना बनाउन श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजागर बोर्डलाई निर्देशन दिएको छ ।

सरकारले केही दिनअघि सार्वजनिक गरेको शासकीय सुधारका १०० बुँदे कार्यसूचीमा सार्वजनिक सेवालाई डिजिटल र पारदर्शी बनाउने भनेको छ । जसअनुरुप श्रममन्त्री दीपककुमार साहले अभिमुखीकरणलाई पूर्णरुपमा अनलाइन प्रणालीमा लग्न निर्देशन दिएका थिए । मन्त्रालयको निर्देशनपछि आवश्यक गृहकार्य अगाडि बढाइएको बोर्डका कार्यकारी निर्देशक द्धारिका उप्रेतीले बताए ।

‘पूर्वप्रस्थान अभिमुखीकरणलाई अनलाइनबाटै पढेर अनलाइनबाटै जाँच दिने अवधारणा तयार पारेर ल्याउनु भन्नुभएको छ । हामी सरोकारवालासँग छलफल गर्दै छौं,’ उनले भने, ‘ऐन, निर्देशिकामा गर्नुपर्ने परिवर्तन मन्त्रालयले गर्छ । हामीले प्लाटफर्म बनाउने र कोर्श कस्तो बनाउने भनेर ल्याउँछौं । मन्त्रालयले स्वीकार गरेपछि कार्यन्वयनमा आउँछ ।’

Hardik health

प्रक्रिया सरासर अगाडि बढेको अवस्थामा चाँडै कार्यन्वयनमा आउने उप्रेतीको भनाइ छ । ‘सुशासनको १०० बुँदे अवधारणामा टेकेर काम थालिएको छ । १०० दिनभित्र गर्ने भनेपछि कुनै अवरोध आएन भने चाँडै कार्यान्वयन हुन्छ । त्यसपछि श्रमिकले तालिमको पैसा तिर्नपर्दैन,’ उनले भने । बोर्डलाई मन्त्रालयले सहसचिव बाबुराम भण्डारीको संयोजकत्वमा तयार भएको अभिमुखीकरण तालिमको प्रभावकारिता, तालिमका बखत सिर्जित समस्या र समाधानका सुझावसहितको अध्ययन प्रतिवेदन पनि पठाएको छ । सरोकारवाला पक्षसँग छलफल यथाशीघ्र गरिने बोर्डले जनाएको छ ।

रोजगारीमा जाने श्रमिकलाई गन्तव्य मुलुकमा गएर गर्नुपर्ने काम, त्यहाँको कानुन, परिवेश, संस्कृतिलगायतका विषय जानकारी गराउन पूर्वप्रस्थान अभिमुखीकरण तालिम दिइन्छ । रोजगारीमा जानुअघि अनिवार्य तालिम लिनुपर्ने कानुनी व्यवस्था छ । हाल अभिमुखीकरण तालिम सञ्चालन कार्यविधि, २०७६ बमोजिम अनुमति प्राप्त संस्थाले ७०० रुपैयाँ शुल्क लिएर दुईदिने अभिमुखीकरण तालिम सञ्चालन गर्न पाउँछन् । तर व्यवसायीले तीनदेखि चार गुणा बढी शुल्क लिएको, तालिम नदिई प्रमाणपत्र दिने गरेको, सरकारले तालिम प्रदायकको प्रभावकारी अनुगमन गर्न नसकेकोलगायतका समस्या मन्त्रालयलेसमेत औंल्याएको छ । यसैलाई मध्यनजर गर्दै अभिमुखीकरणलाई व्यवस्थित, प्रभावकारी र समयसापेक्ष बनाउन भौतिक उपस्थितिविना जुनसुकै स्थान र समयमा तालिम प्राप्त गर्ने व्यवस्था मिलाउन खोजिएको मन्त्रालयले जनाएको छ । 

नेपाल वैदेशिक रोजगार अभिमुखीकरण व्यवसायी महासंघका अध्यक्ष राजाराम गौतम भने वैदेशिक रोजगारीका लागि जाने सबै कामदार प्रविधिको पहुँचमा नभएकाले ‘भर्चुअल तालिम’ सबैका लागि प्रभावकारी हुन नसक्ने बताउँछन् । ‘हामीकहाँ तालिम लिन आउनेहरु टुकटुके मोेबाइल बोकेर आउँछन् । सामान्य कुरा सोध्दा पनि मलाई केही थाहा छैन, म्यानपावरलाई थाहा छ भन्छन् । त्यस्तो मान्छेले कसरी अनलाइन कक्षा लिन सक्छ ?,’ उनले प्रश्न गरे ।

सरकारले गरेको निर्णयले व्यवसाय समस्यामा पर्ने भए पनि आफूहरु कुनै विरोध नगर्ने गौतमको भनाइ छ । आफूहरुलाई पनि स्वदेशमै व्यवसाय गर्न विकल्प दिनुपर्ने उनले बताए । ‘कामदारलाई राम्रो हुन्छ भने सरकारले गर्न लागेको कुरामा हाम्रो विरोध हुँदैन । तर हामीले पनि लगानी गरेका छौं,’ उनले भने, ‘मेरो पनि अधिकार होला यो देशमा व्यवसाय गर्न पाउने । हामीलाई मापदण्ड तोकेर सीप सिकाउने तालिम गराउन दिए भयो । त्यसो गरे हामीले पनि व्यवसाय गर्न पाउँछौं ।’

अभिमुखीकरण तालिमको पाठ्यक्रममा आधारित श्रव्यदृश्य सामग्रीलाई डिजिटल माध्यममा उपलब्ध गराइने मन्त्रालयले जनाएको छ । नयाँ पाठ्यक्रममा वित्तीय तथा डिजिटल साक्षरता, मानसिक स्वास्थ्य, सुरक्षित आप्रवासन तथा ठगी पहिचान, टेलिमेडिसिन, सामाजिक सुरक्षा कोषलगायतका विषय थप गरेर समयसापेक्ष बनाइने जनाइएको छ ।
 


प्रकाशित मिति: बिहीबार, चैत १९, २०८२  १२:००
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
अनलाइन ठगीमा परेका १२ नेपालीको कम्बोडियाबाट उद्धार
अनलाइन ठगीमा परेका १२ नेपालीको कम्बोडियाबाट उद्धार बुधबार, चैत १८, २०८२
स्वास्थ्य परीक्षणकाे सिन्डिकेट खारेज
स्वास्थ्य परीक्षणकाे सिन्डिकेट खारेज मंगलबार, चैत १७, २०८२
ठगीको अभियोगमा पक्राउ
ठगीको अभियोगमा पक्राउ मंगलबार, चैत १७, २०८२
बालेन्द्र सरकारको प्राथमिकता पनि श्रम सम्झौता विस्तारमै
बालेन्द्र सरकारको प्राथमिकता पनि श्रम सम्झौता विस्तारमै मंगलबार, चैत १७, २०८२
राहदानी र कन्सुलर सेवाका लागि वृहत घुम्ती शिविर सञ्‍चालन हुने
राहदानी र कन्सुलर सेवाका लागि वृहत घुम्ती शिविर सञ्‍चालन हुने सोमबार, चैत १६, २०८२
श्रम मन्त्रालयकाे १० बुँदे तत्काल कार्ययोजना सार्वजनिक
श्रम मन्त्रालयकाे १० बुँदे तत्काल कार्ययोजना सार्वजनिक सोमबार, चैत १६, २०८२
लोकप्रिय
  • Week
  • Month
बालेन्द्र सरकारसँग जनताको आशा
बालेन्द्र सरकारसँग जनताको आशा
महालक्ष्मी क्यालेन्डर २०८३ को डिजिटल संस्करण सार्वजानिक
महालक्ष्मी क्यालेन्डर २०८३ को डिजिटल संस्करण सार्वजानिक
स्ट्रेट अफ होरमुजमा इरानको नियन्त्रण, विश्व बजारमा तेल संकट
स्ट्रेट अफ होरमुजमा इरानको नियन्त्रण, विश्व बजारमा तेल संकट
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
नवनियुक्त प्रधानमन्त्री साहबाट शपथ ग्रहण सम्पन्न
नवनियुक्त प्रधानमन्त्री साहबाट शपथ ग्रहण सम्पन्न
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP