Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #प्रथम_अधिवेशन
  • #सूचनाको हकका लागि राष्ट्रिय महासंघ बागमति प्रदेश
  • #फिफा विश्वकप २०२६
  • #ईपीएस
  • #दक्षिण कोरिया
  • #फाराम_शुल्क_वृद्धि
  • #दक्षिण एसियाली शारीरिक सुगठन तथा फिजिक स्पोर्ट्स
  • #Farmer's market
  • #गोकर्णेश्वर_नगरपालिका
Search Here
कला-मनोरञ्‍जन
  • Home
  • कला-मनोरञ्‍जन
  • फिल्म ‘नाक्छोङ’ हङकङमा प्रदर्शन हुने
फिल्म ‘नाक्छोङ’ हङकङमा प्रदर्शन हुने
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, चैत १७, २०८२

काठमाडौं - फिल्म ‘नाक्छोङ’ (विजुवा) हङकङमा प्रदर्शन हुने भएको छ । किरात राई समुदायको मौलिक संस्कृति र परम्परागत मूल्यमान्यतामा आधारित नेपाली फिल्म अप्रिल ५ मा हङकङमा प्रदर्शन हुने भएको हो । किरात राई यायोक्खा हङकङको मुख्य आयोजना र यस संस्थासँग आबद्ध ८ वटा भाषिक संस्थाहरूको सह-आयोजनामा फिल्म प्रदर्शनी हुन लागेको हो ।

आजको बदलिँदो परिस्थितिमा किराती युवापुस्ता आफ्नो सांस्कृतिक जराबाट विचलित हुँदै गएको यथार्थलाई फिल्मले. मार्मिक रूपमा चित्रण गरेको छ। विशेषगरी किराती समुदायमा ‘नाक्छोङ’ (बिजुवा) को महत्व र यसको अभावले समुदायको रीतिरिवाज, कुलपितृ, विवाह र मरणशरणमा पार्ने प्रभावबारे सचेतना जगाउने उद्देश्य फिल्मले राखेको छ ।

शो जेडी मल, नाथम रोड, जोर्डन, हङकङमा आयोजना हुन लागेको निर्माता ज्योतीराज राईले बताए । फिल्मका निर्देशक किरण राई हुन् । जसले यसअघि ‘लुङ्गा’ र ‘जिउपंचौ’ जस्ता फिल्महरू निर्देशन गरिसकेका छन् । फिल्मको लेखन पनि किरण राईकै रहेको छ । निर्माता ज्योतीराज राईका अनुसार फिल्म निर्माणको मुख्य उद्देश्य किराती परम्परा जोगाएर भावी पुस्तामा हस्तान्तरण गर्नु हो ।

Hardik health

फिल्ममा भुवन सिंह राई, यासेली योङ्हाङ, शुष्मा सुब्बा गुरुङ, हेम दिलुङ्गछा राई , उदय शुब्बा कुरुङबाङ , सारा राई, ताया हाङ राई, अनुशा राई, सरोज राई, उत्तम राई लगायतका कलाकारहरूको सशक्त अभिनय छ । बाबु श्रेष्ठको छायांकन रहेको यस फिल्ममा राजन मुकारुङ र विष्णु किरातीका शब्द तथा दिनेशकाजी वान्तवा र अनिल कोई राईको संगीत छ। फिल्मका निर्माता ज्योतीराज राईले यसअघि ‘त्रिवेणी’, ‘पापी मान्छे’, ‘वान वे’ जस्ता चर्चित फिल्म र टिभी सिरिजहरू निर्माण गरिसकेका छन् ।

हङकङ प्रदर्शनका लागि दिलिप राईलाई सल्लाहकार चयन गरिएको छ भने राम ली थुलुङ यो कार्यक्रम को संयोजक रहनु भएको छ भने गजेन्द्र राई , भुपाल चाम्लिङ, धिरज बान्तवा, दीपक केशर साम्पाङ , दिनेश थुलुङ , प्रकाश कोयी , लोकराज बायुङ , इमानशेर राई लगायतका कार्यसमिती का पदाधिकारीहरू सम्पर्क सूत्रका रूपमा रही कार्यक्रम सफल बनाउन लागी परिरहेका छन् । 

नेपालमा भने यसको सार्वजनिक प्रदर्शन मिति तय भएको छैन । सार्वजनिक प्रदर्शन अघि फिल्म विभिन्न अन्तर्राष्ट्रिय फिल्म महोत्सवहरूमा प्रदर्शन गरिने निर्माण पक्षले जनाएको छ। हङकङमा हुन लागेको यो प्रदर्शनीलाई किराती समुदायले आफ्नो पहिचान र संस्कृति संरक्षणको एउटा महत्वपूर्ण कडीका रूपमा लिएको छ ।
 


प्रकाशित मिति: मंगलबार, चैत १७, २०८२  १२:५८
प्रतिक्रिया दिनुहोस्
थप कला-मनोरञ्‍जन
नयाँ गीत “फोटो क्लिक” सार्वजनिक
नयाँ गीत “फोटो क्लिक” सार्वजनिक बुधबार, असार २४, २०८३
 ‘साइली’  र ‘छ लिसे'  म्युजिक भिडियो सार्वजनिक
 ‘साइली’ र ‘छ लिसे' म्युजिक भिडियो सार्वजनिक सोमबार, असार २२, २०८३
‘असारे घाँसे जुहारी’ सार्वजनिक
‘असारे घाँसे जुहारी’ सार्वजनिक सोमबार, असार २२, २०८३
कलाकारलाई प्रविधिमा पोख्त हुन सुझाव
कलाकारलाई प्रविधिमा पोख्त हुन सुझाव आइतबार, असार २१, २०८३
गम्भीर विषयमा सरल प्रस्तुति ‘गौँथली’
गम्भीर विषयमा सरल प्रस्तुति ‘गौँथली’ बिहीबार, असार १८, २०८३
 ‘माया बस्ला है’ बाेलकाे नयाँ गीत सार्वजनिक
 ‘माया बस्ला है’ बाेलकाे नयाँ गीत सार्वजनिक मंगलबार, असार १६, २०८३
‘जलाकी’को दुई पोस्टर सार्वजनिक, मंसिर ४ गते प्रदर्शनमा आउने
‘जलाकी’को दुई पोस्टर सार्वजनिक, मंसिर ४ गते प्रदर्शनमा आउने सोमबार, असार १५, २०८३
लोकप्रिय
  • Week
  • Month
 ‘साइली’  र ‘छ लिसे'  म्युजिक भिडियो सार्वजनिक
 ‘साइली’ र ‘छ लिसे' म्युजिक भिडियो सार्वजनिक
कलाकारलाई प्रविधिमा पोख्त हुन सुझाव
कलाकारलाई प्रविधिमा पोख्त हुन सुझाव
सूचनाको हकका लागि राष्ट्रिय महासंघ बागमति प्रदेशको प्रथम अधिवेशन सम्पन्न
सूचनाको हकका लागि राष्ट्रिय महासंघ बागमति प्रदेशको प्रथम अधिवेशन सम्पन्न
नेयमारद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट बिदाइको संकेत
नेयमारद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट बिदाइको संकेत
वैदेशिक रोजगारीलाई एजेण्टमुक्त बनाउने ‘अपरेसन इलिगल एजेण्ट क्लिन-अप’ अभियान
वैदेशिक रोजगारीलाई एजेण्टमुक्त बनाउने ‘अपरेसन इलिगल एजेण्ट क्लिन-अप’ अभियान
तीन म्यानपावरमाथि विभागको कारबाही
तीन म्यानपावरमाथि विभागको कारबाही
बोनको सन्देशः भूमि जोगाउने लडाइँमा महिलाको नेतृत्व र जलवायु वित्तको आवश्यकता
बोनको सन्देशः भूमि जोगाउने लडाइँमा महिलाको नेतृत्व र जलवायु वित्तको आवश्यकता
गायिका मेलिनाकाे 'कहीँ नभाको जात्रा'
गायिका मेलिनाकाे 'कहीँ नभाको जात्रा'
वैदेशिक रोजगार व्यवसायी एसोसिएसनको १३औँ साधारणसभा सम्पन्न
वैदेशिक रोजगार व्यवसायी एसोसिएसनको १३औँ साधारणसभा सम्पन्न
डंगोलको उपन्यास ‘बदलिएको आकाश’ सार्वजनिक 
डंगोलको उपन्यास ‘बदलिएको आकाश’ सार्वजनिक 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP