Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #बढघर
  • #बौद्धनाथ
  • #बागमती_प्रदेशसभा
  • #नेपाल_पर्यटन_बोर्ड
  • #सपनाको_चंगा
  • #सुनचाँदीकाे_मूल्य
  • #रक्षबहादुर_रैका_मगर
  • #नेपाल_मगर_संघ
  • #सिसिटिभी
Search Here
समाचार
  • Home
  • समाचार
  • निजामती कर्मचारी अस्पताल र ट्रक व्यवसायी महासंघबिच सम्झौता
निजामती कर्मचारी अस्पताल र ट्रक व्यवसायी महासंघबिच सम्झौता
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, चैत १६, २०८२

काठमाडौं-  निजामती कर्मचारी अस्पताल र नेपाल ट्रक यातायात व्यवसायी महासंघबिच घाइते तथा दुर्घटनापछि हुने बिरामीहरूको उपचारलाई प्रभावकारी बनाउने उद्देश्यसहित उपचार सम्बन्धी सम्झौता सम्पन्न भएको छ।

सम्झौतापत्रमा निजामती कर्मचारी अस्पतालका तर्फबाट मेडिकल डिभिजन विभाग प्रमुख डा. दिपक पौडेल र नेपाल ट्रक यातायात व्यवसायी महासंघका अध्यक्ष राजेन्द्र बिक्रम वानियाले हस्ताक्षर गरेका छन्।

सम्झौताअनुसार सवारी दुर्घटनामा परी घाइते भएका व्यक्तिहरूलाई प्रारम्भिक २४ घण्टा इमर्जेन्सी सेवा उपलब्ध गराइनेछ। अस्पतालले बिरामीको अवस्था अनुसार सघन उपचार कक्ष (आईसीयू) वा जनरल वार्डमा राखी उपचार गर्ने व्यवस्था मिलाउनेछ।

आवश्यक परेमा एक्सटेन्डेड हस्पिटल सर्भिस मार्फत सेवा उपलब्ध गराइने पनि सम्झौतामा उल्लेख गरिएको छ।सम्झौतामा उपचार प्रक्रियालाई सहज बनाउन अस्पतालले फोकल व्यक्ति तोक्ने र आवश्यक परे कम खर्चमा उपचार सेवा उपलब्ध गराउन समन्वय गर्ने व्यवस्था गरिएको छ। साथै, सम्भव भएसम्म एम्बुलेन्स सेवा पनि उपलब्ध गराइने उल्लेख छ।

Hardik health

दुर्घटनामा परेका बिरामीको सम्पूर्ण उपचार खर्च दोस्रो पक्ष अर्थात् नेपाल ट्रक यातायात व्यवसायी महासंघले व्यहोर्नेछ। उपचारका क्रममा अस्पतालको माग अनुसार पेस्की रकम उपलब्ध गराइने र आवश्यक परे थप रकमसमेत व्यवस्थापन गर्नुपर्ने व्यवस्था गरिएको छ।

उपचार खर्च व्यवस्थापनका लागि महासंघ आवद्ध संस्थाहरूले धरौटीसमेत राख्नुपर्ने प्रावधान राखिढयएको छ।शल्यक्रियाका लागि आवश्यक औषधी तथा इम्प्लान्टहरू अस्पतालले उपलब्ध गराउने र अस्पतालमा उपलब्ध नभए चिकित्सकको सिफारिसअनुसार बाहिरबाट खरिद गर्नुपर्ने तथा त्यसको खर्च सम्बन्धित पक्षले व्यहोर्ने व्यवस्था गरिएको छ।

उपचारका क्रममा बिरामीको मृत्यु भएमा अस्पतालले तत्काल जानकारी गराउने र त्यसपछि खर्च विवरण मिलान गरी शव बुझ्ने प्रक्रिया सम्बन्धित पक्षले पूरा गर्नुपर्ने उल्लेख छ। बिमा सुविधा अन्तर्गत रकम भुक्तानीका लागि अस्पतालले आवश्यक कागजात उपलब्ध गराउने र बीमा प्रक्रियामा सहजीकरण गर्ने सहमति पनि भएको छ।

सम्झौता २०८३ साल वैशाख १ गतेदेखि एक वर्षका लागि लागू हुने र आपसी सहमतिमा म्याद थप गर्न सकिने जनाइएको छ। नेपाल ट्रक यातायात व्यवसायी महासंघका अध्यक्ष बानियाँले सम्झौताले दुर्घटनापछिको उपचार प्रक्रियालाई सहज, छिटो र व्यवस्थित बनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन्। उनले दुर्घटनामा परेका चालक तथा कामदारलाई समयमै उपचार सुनिश्चित गर्नु महासंघको प्रमुख प्राथमिकता भएको पनि बताएका छन् ।

त्यस्तै, अस्पताल र महासंघका विभिन्न विभागीय तथा कार्यालय प्रमुखहरू साक्षीका रूपमा उपस्थित रहेका थिए। यस सम्झौताले सवारी दुर्घटनाबाट प्रभावित बिरामीहरूको उपचार सेवा समयमै र व्यवस्थित रूपमा उपलब्ध गराउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।
 


प्रकाशित मिति: सोमबार, चैत १६, २०८२  १७:०९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयक संसद्मा दर्ता
नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयक संसद्मा दर्ता मंगलबार, जेठ १२, २०८३
बजेटमा उत्पादन, रोजगारी र पर्यटन क्षेत्रलाई प्राथमिकता दिन्छौँ : मुख्यमन्त्री कार्की
बजेटमा उत्पादन, रोजगारी र पर्यटन क्षेत्रलाई प्राथमिकता दिन्छौँ : मुख्यमन्त्री कार्की मंगलबार, जेठ १२, २०८३
तीन जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर
तीन जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर मंगलबार, जेठ १२, २०८३
कुटपिटबाट महिलाको निधन
कुटपिटबाट महिलाको निधन मंगलबार, जेठ १२, २०८३
गण्डकी प्रदेशसभामा विनियोजन विधेयक प्रस्तुत
गण्डकी प्रदेशसभामा विनियोजन विधेयक प्रस्तुत मंगलबार, जेठ १२, २०८३
महालेखापरीक्षकको प्रतिवेदनः  अलपत्र  झोलुंगे  पुल ४९ वटा
महालेखापरीक्षकको प्रतिवेदनः अलपत्र झोलुंगे पुल ४९ वटा मंगलबार, जेठ १२, २०८३
विपक्षीको अवरोधपछि संसद् बैठक स्थगित
विपक्षीको अवरोधपछि संसद् बैठक स्थगित मंगलबार, जेठ १२, २०८३
लोकप्रिय
  • Week
  • Month
लगातार चार दिन सार्वजनिक बिदा
लगातार चार दिन सार्वजनिक बिदा
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
प्रतिनिधिसभा बैठक स्थगित
प्रतिनिधिसभा बैठक स्थगित
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
पश्चिम एसिया द्वन्द्वले विप्रेषण आप्रवाह प्रभावितः परराष्ट्र
पश्चिम एसिया द्वन्द्वले विप्रेषण आप्रवाह प्रभावितः परराष्ट्र
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP