Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #बढघर
  • #बौद्धनाथ
  • #बागमती_प्रदेशसभा
  • #नेपाल_पर्यटन_बोर्ड
  • #सपनाको_चंगा
  • #सुनचाँदीकाे_मूल्य
  • #रक्षबहादुर_रैका_मगर
  • #नेपाल_मगर_संघ
  • #सिसिटिभी
Search Here
समाचार
  • Home
  • समाचार
  • ऊर्जा सुधारमा सरकारको जोडः १८० दिनभित्र पिपिए टुङ्ग्याइने
ऊर्जा सुधारमा सरकारको जोडः १८० दिनभित्र पिपिए टुङ्ग्याइने
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, चैत १६, २०८२

काठमाडौं- सरकारले गत शुक्रबार सार्वजनिक गरेको शासकीय सुधारअन्तर्गत एक सय बुँदे कार्यसूचीमा ऊर्जा तथा जलस्रोत क्षेत्रलाई प्राथमिकतामा राखिएको छ । मन्त्रिपरिषद्को शुक्रबारको निर्णयअनुसार ऊर्जा क्षेत्रको विकासलाई तीव्र बनाउने उद्देश्यसहित विभिन्न महत्त्वपूर्ण कदम अघि सारिएका छन् । 

सरकारका योजनामा ऊर्जा निर्यात रणनीति एक महिनाभित्र तयार गर्ने, विद्युत् उत्पादन, प्रसारण, वितरण तथा निर्यातमा रहेका अवरोध हटाउने, तथा पेन्डिङ रहेका विद्युत् खरिद सम्झौता (पिपिए) र अनुमतिपत्रसम्बन्धी निर्णय अधिकतम १८० दिनभित्र गर्ने सरकारको योजना छ । सरकारले उच्च मूल्य प्राप्त हुने बजार, विशेषगरी साँझको पिक समयमा केन्द्रित भएर विद्युत् निर्यात रणनीति कार्यान्वयन गर्ने लक्ष्य पनि लिएको छ । 

साथै, नेपाल विद्युत् प्राधिकरणको संरचनात्मक सुधारका लागि रोडम्याप तयार गरी कार्यान्वयन प्रक्रिया तत्काल अघि बढाइने उल्लेख गरिएको छ । ऊर्जा क्षेत्रमा दीर्घकालीन वित्तीय स्रोत सुनिश्चित गर्न सरकारी, निजी, विदेशी तथा डायस्पोरा लगानी समेटिने बहुआयामिक वित्तीय संरचना विकास गर्ने नीति पनि कार्यसूचीमा समावेश छ ।

Hardik health

सरकारको यस पहललाई निजी क्षेत्रले सकारात्मक रूपमा लिएको छ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान) का अध्यक्ष गणेश कार्कीले ऊर्जा क्षेत्रलाई आर्थिक रूपान्तरणको प्रमुख आधार बनाउने सरकारी लक्ष्यले लगानीकर्तामा उत्साह थपिएको बताए । विशेषगरी लामो समयदेखि रोकिएका पिपिए १८० दिनभित्र खुलाउने निर्णयले आयोजना अघि बढ्ने अपेक्षा गरिएको उनको भनाइ छ । उनका अनुसार उत्पादनसँगै प्रसारण, वितरण र निर्यात क्षेत्रमा निजी क्षेत्रको सहभागिता विस्तार गर्ने नीति कार्यान्वयन भएमा संरचनागत समस्या समाधानमा टेवा पुग्नेछ । ऊर्जा निर्यात रणनीति शीघ्र तयार गर्ने प्रतिबद्धताले पनि ऊर्जा व्यापार विस्तारमा सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ ।

इप्पानले नेपाल विद्युत् प्राधिकरणको संरचनात्मक सुधार, औद्योगिक सुरक्षा संयन्त्र सुदृढीकरण तथा दीर्घकालीन वित्तीय स्रोत व्यवस्थापनका लागि बहुआयामिक लगानी संरचना विकास गर्ने योजनालाई स्वागत गरेको छ । यसैगरी, खानेपानी तथा सरसफाइ क्षेत्रमा देखिएको समन्वय अभाव अन्त्य गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको नेतृत्वमा एकीकृत संयन्त्र गठन गरिने भएको छ । काठमाडौँ उपत्यका खानेपानी लिमिटेड, नेपाल खानेपानी संस्थान र खानेपानी तथा ढल व्यवस्थापन विभागलाई समेट्दै “एकीकृत खानेपानी समन्वय टास्कफोर्स” गठन गरिनेछ, जसले ३० दिनभित्र सुधार प्रस्ताव पेस गर्नेछ ।

पोखरास्थित फेवा तालको संरक्षित जलाधार क्षेत्रमा देखिएको अतिक्रमण हटाउने, पुनःस्थापना गर्ने तथा जलवायु परिवर्तन अनुकूलनका कार्यक्रम तीन महिनाभित्र अघि बढाइने योजना पनि सरकारले अघि सारेको छ । त्यस्तै, सहरी विकास तथा फोहरमैला व्यवस्थापनसम्बन्धी विधेयक सङघीय संसद्मा पेस गर्न दुई महिनाभित्र मन्त्रिपरिषद् समक्ष प्रस्ताव लैजाने तयारी छ । 


प्रकाशित मिति: सोमबार, चैत १६, २०८२  १६:५९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयक संसद्मा दर्ता
नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयक संसद्मा दर्ता मंगलबार, जेठ १२, २०८३
बजेटमा उत्पादन, रोजगारी र पर्यटन क्षेत्रलाई प्राथमिकता दिन्छौँ : मुख्यमन्त्री कार्की
बजेटमा उत्पादन, रोजगारी र पर्यटन क्षेत्रलाई प्राथमिकता दिन्छौँ : मुख्यमन्त्री कार्की मंगलबार, जेठ १२, २०८३
तीन जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर
तीन जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर मंगलबार, जेठ १२, २०८३
कुटपिटबाट महिलाको निधन
कुटपिटबाट महिलाको निधन मंगलबार, जेठ १२, २०८३
गण्डकी प्रदेशसभामा विनियोजन विधेयक प्रस्तुत
गण्डकी प्रदेशसभामा विनियोजन विधेयक प्रस्तुत मंगलबार, जेठ १२, २०८३
महालेखापरीक्षकको प्रतिवेदनः  अलपत्र  झोलुंगे  पुल ४९ वटा
महालेखापरीक्षकको प्रतिवेदनः अलपत्र झोलुंगे पुल ४९ वटा मंगलबार, जेठ १२, २०८३
विपक्षीको अवरोधपछि संसद् बैठक स्थगित
विपक्षीको अवरोधपछि संसद् बैठक स्थगित मंगलबार, जेठ १२, २०८३
लोकप्रिय
  • Week
  • Month
लगातार चार दिन सार्वजनिक बिदा
लगातार चार दिन सार्वजनिक बिदा
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
प्रतिनिधिसभा बैठक स्थगित
प्रतिनिधिसभा बैठक स्थगित
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
पश्चिम एसिया द्वन्द्वले विप्रेषण आप्रवाह प्रभावितः परराष्ट्र
पश्चिम एसिया द्वन्द्वले विप्रेषण आप्रवाह प्रभावितः परराष्ट्र
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP