Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #बढघर
  • #बौद्धनाथ
  • #बागमती_प्रदेशसभा
  • #नेपाल_पर्यटन_बोर्ड
  • #सपनाको_चंगा
  • #सुनचाँदीकाे_मूल्य
  • #रक्षबहादुर_रैका_मगर
  • #नेपाल_मगर_संघ
  • #सिसिटिभी
Search Here
समाचार
  • Home
  • समाचार
  • गृहमन्त्री गुरुङद्वारा प्रहरी प्रधान कार्यालयको निरीक्षण
गृहमन्त्री गुरुङद्वारा प्रहरी प्रधान कार्यालयको निरीक्षण
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, चैत १६, २०८२

काठमाडौं- गृहमन्त्री सुधन गुरुङले प्रहरी प्रधान कार्यालयको निरीक्षण गरेका छन् । गृहमन्त्री गुरुङले आज प्रहरी प्रधान कार्यालयको निरीक्षण गरी प्रहरी कर्मचारीलाई निर्देशन दिएका हुन् । 

उनलाई प्रहरी महानिरीक्षक दानबहादुर कार्कीलगायत उच्च पदस्थ प्रहरी कर्मचारीले स्वागत गरे । निरीक्षण पश्चात आयोजित कार्यक्रममा गृहमन्त्री गुरूङले सीमित स्रोतसाधनका बाबजुद पनि नेपाल प्रहरीले प्राप्त गरेको जिम्मेवारीलाई उत्कृष्ट रूपमा निर्वाह गरेकामा धन्यवाद दिए । उनले आगामी दिनमा निर्धक्क भएर आफ्नो जिम्मेवारी बहन गर्न निर्देशन दिए । प्रहरीले आफ्नो भूमिका निर्वाह गर्ने क्रममा कुनै पनि तहबाट हस्तक्षेप नहुने गृहमन्त्री गुरूङको भनाइ थियो ।

गृहमन्त्री गुरूङले समाजले प्रहरीलाई हेर्ने दृष्टिकोणलाई परिवर्तन गर्नुपर्ने आवश्यकता रहेको बताए । नागरिक र प्रहरीबीचको दूरी घटाउँदै शिष्ट बोली, बचन एवं व्यवहारका साथ नागरिकको समस्यालाई सम्बोधन गरी उत्कृष्ट सेवा प्रवाह गर्नुपर्नेमा उनले जोड दिए । आमनागरिकसँगको सम्बन्धलाई थप सुमधुर बनाउँदै प्रहरीले उपलब्ध साधनस्रोतहरू नागरिकको सेवाका लागि उच्चतम प्रयोग गर्न उनले जोड दिए । विपद् व्यवस्थापनमा नेपाल प्रहरीले अग्रपङ्क्तिमा रहेर भूमिका निर्वाह गर्नुपर्ने हुँदा प्रहरीलाई थप साधनस्रोतयुक्त बनाउनुका साथै समयानुकूल आवश्यक तालिमहरूको व्यवस्था गरिने गृहमन्त्री गुरूङले उल्लेख गरे ।

Hardik health

प्रहरी कर्मचारीहरूको वृत्ति विकास कार्यसम्पादन एवं वैज्ञानिक प्रणालीको आधारमा हुने उल्लेख गर्दै गृहमन्त्री गुरूङले साङ्गठनिक सुदृढीकरणलाई विशेष प्राथमिकतामा राख्दै समयानुकूल प्रविधिमैत्री एवं साधनस्रोत सम्पन्न बनाउन प्रतिबद्ध रहेको बताए । कार्यक्रममा गृहसचिव राजकुमार श्रेष्ठले नेपाल प्रहरीले विभिन्न कठिनाइका बाबजुद प्रतिनिधिसभा सदस्य निर्वाचनलाई ऐतिहासिक रूपमा शान्तिपूर्ण रुपले सम्पन्न गराउन प्रत्येक प्रहरी कर्मचारीले निर्वाह गरेको व्यावसायिक भूमिकाको उच्च सम्मान गरे । निर्वाचनको समयमा नेपाल प्रहरीले प्रदर्शन गरेको सक्षमताले नेपाल प्रहरी जस्तोसुकै परिवेशमा कार्यसम्पदान गर्न सक्षम रहेको पुष्टि गरेको गृहसचिव श्रेष्ठले बताए । विगतभन्दा फरक शैलीमा कार्यसम्पादन गर्नुपर्नेमा जोड दिँदै उनले सबै प्रहरी कर्मचारीहरूले उच्च मनोबलका साथ छिटिछरितो र प्रभावकारी सेवा प्रवाह गर्न निर्देशन दिए ।    

प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले नेपाल प्रहरीले मुलुकको संविधान र ऐन कानुनले निर्दिष्ट गरेको अधिकार तथा  मानवअधिकारका राष्ट्रिय र अन्तरराष्ट्रिय मापदण्डको परिधिभित्र रहँदै सत्य, सेवा, सुरक्षणमको मर्मलाई निष्ठापूर्वक पालना गर्दै आएको बताए । प्रहरीको दक्षताबाट राज्यको प्रभावकारिता पुष्टि हुने र नागरिकका अपेक्षा वास्तविक रूपमा सम्बोधन हुने उनको भनाइ थियो । महानिरीक्षक कार्कीले प्रहरी सङ्गठन र सङ्गठनमा आबद्ध जनशक्तिको क्षमता, दक्षता, मनोबल अभिवृद्धिमा प्रहरी सङ्गठन नेतृत्व लाग्दै आएको बताए । सो अवसरमा प्रहरीले हालसम्म गरेको कार्यसम्पादनबारे गृहमन्त्री गुरुङलाई जानकारी गराइएको थियो । प्रहरी प्रधान कार्यालयमा रहेका डाटा सेन्टरलगायतको गृहमन्त्री गुरुङले अवलोकन समेत गरेका थिए ।


प्रकाशित मिति: सोमबार, चैत १६, २०८२  १६:५३
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयक संसद्मा दर्ता
नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयक संसद्मा दर्ता मंगलबार, जेठ १२, २०८३
बजेटमा उत्पादन, रोजगारी र पर्यटन क्षेत्रलाई प्राथमिकता दिन्छौँ : मुख्यमन्त्री कार्की
बजेटमा उत्पादन, रोजगारी र पर्यटन क्षेत्रलाई प्राथमिकता दिन्छौँ : मुख्यमन्त्री कार्की मंगलबार, जेठ १२, २०८३
तीन जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर
तीन जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर मंगलबार, जेठ १२, २०८३
कुटपिटबाट महिलाको निधन
कुटपिटबाट महिलाको निधन मंगलबार, जेठ १२, २०८३
गण्डकी प्रदेशसभामा विनियोजन विधेयक प्रस्तुत
गण्डकी प्रदेशसभामा विनियोजन विधेयक प्रस्तुत मंगलबार, जेठ १२, २०८३
महालेखापरीक्षकको प्रतिवेदनः  अलपत्र  झोलुंगे  पुल ४९ वटा
महालेखापरीक्षकको प्रतिवेदनः अलपत्र झोलुंगे पुल ४९ वटा मंगलबार, जेठ १२, २०८३
विपक्षीको अवरोधपछि संसद् बैठक स्थगित
विपक्षीको अवरोधपछि संसद् बैठक स्थगित मंगलबार, जेठ १२, २०८३
लोकप्रिय
  • Week
  • Month
लगातार चार दिन सार्वजनिक बिदा
लगातार चार दिन सार्वजनिक बिदा
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
प्रतिनिधिसभा बैठक स्थगित
प्रतिनिधिसभा बैठक स्थगित
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
पश्चिम एसिया द्वन्द्वले विप्रेषण आप्रवाह प्रभावितः परराष्ट्र
पश्चिम एसिया द्वन्द्वले विप्रेषण आप्रवाह प्रभावितः परराष्ट्र
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP