काठमाडाैं - गृहमन्त्री सुधन गुरुङले प्रहरीको रासन सुधारदेखि अनुसन्धानका लागि अत्याधुनिक प्रविधि ल्याउने बताएका छन् । गृहमन्त्री सुधन गुरुङले सोमबार प्रहरी प्रधान कार्यालय, नक्सालको निरीक्षण गरेका छन् ।
त्यस क्रममा उनले प्रहरीलाई सर्वसाधारणसँग बोली, व्यवहार सुधार्न निर्देशन दिँदै प्रहरीलाई मोडलका रुपमा विकास गर्ने आफ्नो लक्ष्य रहेको सुनाए । '
निरीक्षणपश्चात आयोजित कार्यक्रममा गृहमन्त्री गुरूङले कार्यक्रममा उपस्थित तथा भर्चुअल रूपमा उपस्थित प्रहरी अधिकृत तथा जवानहरूलाई निर्देशन सम्बोधन गरे ।
उनले सीमित स्रोतसाधनका बाबजुद पनि नेपाल प्रहरीले प्राप्त जिम्मेवारीहरूलाई उत्कृष्ट रूपमा निर्वाह गर्दै आइरहेको चर्चा गर्दै आगामी दिनमा समेत अझ निर्धक्क भएर आफ्नो जिम्मेवारी बहन गर्न निर्देशन दिए ।
प्रहरीले आफ्नो भूमिका निर्वाह गर्ने क्रममा कुनै पनि तहबाट हस्तक्षेप नहुने समेत उनले उल्लेख गरे ।