काठमाडाैं - राष्ट्रिय आदिवासी जनजाती महिला महासंघको ९औं राष्ट्रिय महाधिवेशनमा अध्यक्षमा शाेभा सुनुवार निर्वाचित भएकी छिन् । राष्टिय आदिवासी जनजाति महिला महासंघको ९ औं राष्ट्रिय महाधिवेशनबाट शोभा सुनुवारको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित भएको हाे ।
नयाँ नेतृत्वले आदिवासी महिलाको अधिकार, पहिचान, समानता तथा सशक्तिकरणको क्षेत्रमा अझ प्रभावकारी भूमिका निर्वाह गर्दै संस्थालाई थप सुदृढ, सक्षम र प्रभावशाली बनाउने विश्वास लिएकाे महासंघले जनाएकाे छ ।
९ औं राष्ट्रिय महाधिवेशनबाट महासंघको उपाध्यक्ष पदमा हिमालबाट पुष्पा बुढाथोकी पहाडबाट अर्चना दनुवार, तराईबाट आशा कुमारी निर्वाचित भएका छन् ।
यसैगरी महासंघको महासचिव पदमा धन कुमारी राना ,कोषाध्यक्षमा नानु थामी निर्वाचित भएका छन् । जनसम्पर्क तथा संगठन विस्तारकाे सचिवमा भक्त कुमारी भुजेल, भाषा तथा संस्कृतिकाे सचिवमा नरमाया दुरा ,अनुसन्धान सुचना तथा संचारकाे सचिवमा थाक्ची शेर्पा , र विदेश तथा परियोजनाकाे सचिव हिमा कुसुण्डा निर्वाचित भएका छन् ।